सौगात ओझाको “हाम्रो जोरायल” गीत सार्वजनिक, जोरायलका पर्यटकीय क्षेत्र समावेश

काठमाडाै‌ – गायक सौगात ओझाको हाम्रो जोरायल गीत सार्वजनिक भएको छ । गायक सौगात ओझा, दिपक सङगम बिसी, गायिका गौरी भट्ट, लक्ष्मी कला खातीको स्वर तथा सौगात ओझाकै संगीत रहेको उक्त गीत युट्युब मार्फत सार्वजनिक गरिएको छ ।
सौगात ओझाको अफिसियल युट्युब च्यानलबाट उक्त गीत सार्वजनिक गरिएको छ ।

उक्त गीतमा म्युजिक एरेन्जरमा दिपक सङ्गम बिसि रहनुभएको छ भने अलिसा र विशेष स्टुडियोमा रेकर्ड गरिएको छ । सौगात ओझा, सरस्वती धामी र राजेश बोहराको अभिनय रहेको उक्त गीतलाई राजेश अनुरागीले निर्देशन गरेका छन् ।

अमित बिकले छायांकन गरेको उक्त गीतमा सम्पादन भने अनुप बिकको रहेको छ । जोरायल गाउँपालिका र श्री राम फिल्मसले निर्माण गरेको उक्त भिडियोमा जोरायलको पर्यटकी स्थल, कला, संस्कृति, भेषभुषा, चालचलन लगायत त्यस क्षेत्रका दृश्यहरुलाई समावेश गरेको देख्न पाइन्छ ।

नेपालकै सौन्दर्य ठाँउमा जोरायल पनि रहेको, बासमती धान फल्ने उब्जनीयोग्य फाँट रहेको भनि गीतमा बयान गरिएको छ । घन्टेस्वर चाखा केदार, छतिवनमा रहेको ताल तथा छहरा, निरौली गडसेरा, देबि देउता मठ मन्दिरहरु गीतमा समावेश गरिएका छन् । यसैगरी यस क्षेत्रमा लाग्ने मेला पर्व जात समेत दृश्यमा देखाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्