एमालेले अन्तर्घातीलाई कारबाही गर्न छानबिन समिति बनाएर औपचारिकता निभायो

FILE PHOTO

काठमाडौं – नेकपा एमालेले स्थानीय तहको निर्वाचन सकिएको दुई महिनापछि अन्तर्घात गर्ने नेता/कार्यकर्तालाई कारबाही गर्न छानबिन समिति बनाएर औपचारिकता निभाएको छ। आइतबारको सचिवालय बैठकमा अन्तर्घात गरेका नेता/कार्यकर्ताले आगामी दिनमा पाठ सिक्ने गरी छानबिन समिति गठन गरेर एमालेले औपचारिकता निभाएको हो।

संघ तथा प्रदेशको निर्वाचन नजिकिँदै गर्दा पार्टी नेता/कार्यकर्तालाई चिढ्याउने गरी कारबाही चाहिँ नगर्ने तर सचेत भने गराउने उद्देश्यले छानबिन समिति बनाएको बताइएको छ। स्थानीय तहको निर्वाचनको छानबिन गर्दा ललितपुर, पोखरा, काठमाडौँ, धरान, कैलालीलगायत विभिन्न पालिकामा थुप्रै नेता/कार्यकर्तामाथि निर्मम रूपमा कारबाही गर्नुपर्ने अवस्था रहेको भनी पार्टीमा चर्चा चल्ने गरेको छ। काठमाडौँ र पोखरा महानगरपालिकाका हकमा उम्मेदवारप्रति चित्त नबुझेकाले मत अर्कोतिर गएको अनुमान गरिएको छ। बुटवल, कैलालीलगायत स्थानीय तहमा पनि अन्तर्घात भएको भन्ने रिपोर्टिङ गरिएको छ। आजको नागरिक दैनिकमा समाचार छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्