गायक भानुभक्त जोशीको स्वरमा रहेको कालापानी गीत सार्वजनिक

काठमाडाैँ – चर्चित देउडा गायक भानुभक्त जोशीको स्वरमा रहेको कालापानी देउडा गीत सार्वजनिक भएको छ । कमल क्षेत्रीको उक्त गीतमा स्वर गायक जोशी र दिपा रोकायाको रहेको छ । निरन्तर मिडियाको प्रस्तुतीमा रहेको उक्त गीत निरन्तर मिडियाको युट्युब च्यानलबाट सार्वजनिक भएको छ । उक्त गितको अफिसियल भिडियो निर्माण हुन बाँकि रहेतापनि फोटो भिडियोको रुपमा सार्वजनिक भएको छ ।
कमल खत्री र भानुभक्त जोशीको शब्द संगीत रहेको उक्त गीतमा निक्कै मार्मिक शब्दहरु समावेश गरिएको छ ।

दुई प्रेमीबीचको सम्बन्धलाई कालापनीसँग जोडेर गितलाई निक्कै मिठास दिएको छ । महाकालीको मुहान, लिम्पियाधुरा रहको उक्त क्षेत्रको चित्रण गरिएको छ । तिंकर भञ्ज्याङ समेत रहेको उक्त क्षेत्र प्राकृतिक सुन्दरताले भरिनुका साथै उक्त क्षेत्र ऐतिहासिक स्थल समेत भएको गीतमा समावेश गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्