चर्चित गायक मनोज धामीको मर्म स्पर्शी दोहरी गीत “बधाई छ है सानु” सार्वजनिक (भिडियो)

चर्चित गायक, सर्जक मनोज सिँह धामीको मर्म स्पर्शी दोहरी गीत “बधाई छ है सानु” सार्वजनिक भएको छ । मंगलबार टि टाइम म्युजिकको युट्युब च्यानलबाट आधिकारिक रुपमा सार्वजनिक भएको हो ।
दार्चुलाको शैल्यशिखर नगरपालिकाको खोल्सीमा जन्मिएका गायक मनोज सिँह धामी र पूर्णकला बिसीको स्वरमा रहेको उक्त गीतमा शब्द गायक धामीको नै रहेको छ । उक्त गीतमाको संगीत इन्द्र जिसीले भरेका छन् भने एरेन्ज पनि इन्द्र जीसीले नै गरेका छन् । मदन खड्काको निर्देशनमा तयार पारिएको उक्त म्यूजिक भिडियोमा रोशन भाटले कोरियोग्राफ दिएका छन् । यस्तै गीतको सम्पादन हुम गैरेले गरेका छन् ।
निक्कै मार्मिक एव्म मर्म स्पशी गीतमा प्रेम खड्का र मञ्जिला बुढाथोकीले अभिनय गरेका छन् ।

नेपालको सांगीतिक क्षेत्रमा गायक धामीले यसभन्दा पहिला पनि थुप्रै गीतहरु बजारमा ल्याइसकेका छन् । अझै पनि नयाँ शैली र मार्मिक शब्दहरु समेटेर सांगीतिक क्षेत्रको यात्रालाई अझै निरन्तरता दिने समेत गायक धामीले बताएका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्