CORONA

कविता : “तिमी छौ आमा बृद्धाश्रममा”

आमा छौ तीमी बृद्धा श्रममा
के ठाउँ छैन र ठूला घरमा ।
सन्तान तीम्रा बस्छन सहरमा
तीमी छौ आमा बृद्धाश्रममा ।।

जिवनको मार्ग दर्सन देखायौ
आमा तीमीले के शान्ती पायौ ।
हुदैछ बिहान पुर्बी क्षितीजमा
तीमी छौ आमा बृद्धाश्रममा ।।

स्र्गको बाटो खोजी रहेछन
आमा बृद्ध हुदा छोडी रहेछन ।
ती बृद्ध पाउले साहारा खोज्छन
बुढेसकालमा सन्तानले छोड्छन ।।

हावा हुरी भै बतास आउँदा
के शान्ती खोज्छौ मन्दिर धाउँदा ।
पुज्दै छौ ढुङ्गा किन भ्रममा
तीमी छौ आमा बृद्धाश्रममा ।।

सेता भएर काला ती केस फूले
तस्बीर सन्जालमा आमा किन भुले ।
आमा तीमी रुन्छौ छुट्ने क्रममा
तीमी छौ आमा बुद्धाश्रममा ।।

ती सुन्दर हिमालहरु हेर्दैछु म
जहाँ नी तिम्रै तस्बीर देख्दैछु म ।
छोड्दैन आमा त्यो बृद्धाश्रममा
म् संगै राख्छु तिम्रो यो घरमा ।।

पञ्छी बिहानै उडेर जान्छीन
साझ फर्केर बतासमा आउँछिन ।
मौरीको माया त्यो फूल संग
आमा तिमी छौ सधै म संग ।।

आमा तीमी हौ एकमात्र भगवान
म गर्छु सधै ती पाउलाई सम्मान ।
न्यानो छ माया प्यारो छ कोख
सधै गर्छु मुमा त्यो पाउमा ढोक ।।

 

रचना : कृष्ण बिष्ट, लेकम ०५ दार्चुला
हाल : AFU Rampur chitwan

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्