निशाको पहिलो गीत “यस्तो माया” छोटो समयमा दर्शकहरुले अत्यधिक रुचाए

काठमाडौं – सर्जक तथा गीतकार निशा शर्मा अर्यालले सृजना गरेको पहिलो गीत “यस्तो माया” बोलको गीत दर्शकहरुको पहिलो रोजाई बनेको छ । मोसन पिक्चर्सको युट्युब च्यानलाबाट आधिकारिक रुपमा सार्वजनिक भएको उक्त गीत पछिल्लो समय दर्शकहरुले अत्यधिक रुचाएका छन ।

गीतमा लोकप्रिय गायक प्रताप दास र गायिका बेनिशा पौडेलले स्वर दिएका छन भने संगीतकार दिपक शर्माको मेलोडियस संगीत गीतमा सुन्न सकिन्छ। निशाका प्रेमिक शब्दको समिश्रणले गीतलाई उत्कृष्टता दिएको छ। प्रताप र बेनिशाको गायिकी पनि गीतमा झन मिठास थपिदिएका छन् ।

पहिलो गीतबाटै निशाले दर्शक स्रोताको राम्रो राम्रो प्रतिक्रिया पाएकी छिन् । क्यानडामा बस्दै आएकी निशाले गीत सृजनामा डेव्यु गर्दै गर्दा उनका धेरै शुभचिन्तकले बधाई तथा शुभकामना पनि दिएका थिए।

गीत सुन्दा जति प्रेमिल अनि मेलोडियस लाग्छ, हेर्दा पनि छुट्टै किसिमको आनन्द आउने गर्छ। किनकी भिडियोमा समाबेश कथा बस्तुले हेर्ने जोकोहीले मन आकर्षित पार्ने गर्छ। लोकप्रिय नायक पल शाह र मोडल उषा उप्रेती भिडियोमा फिचर्ड छन् । एउटा चोखो प्रेम सम्वन्धले सार्थकता पाएको र बिबाहमा परिणत भइ, त्यसपछि नब दम्पतीबीच हुने प्रेम सम्बन्धको कथालाई भिडियोमा आकर्षक अनि कलात्मक शैलीमा देखाइएको छ। जुन एकदमै उत्कृष्ट लाग्ने गर्छ।

उक्त म्युजिक भिडियोलाई विधान कार्कीले निर्देशन गरेका छन् । उत्सव दाहालले आकर्षक फ्रेममा खिचेको भिडियोलाई विकाश दाहालले सम्पादन गरेका हुन् ।

रिलिज भएको छोटो समयमा गीतलाई युटुबमा राम्रो भ्युज मिलेको छ। करिब २ महिनाको अवधीमा गीतलाई २० लाख बढी भ्युज युटुबमा मिलेको छ। हालसम्म लाखौं लाइक अनि हजारौं सकारात्मक कमेन्ट पनि गीतले युटुबमा पाएको छ। त्यस्तै टिकटकमा पनि हजारौं भिडियो बनेका छन् । निशाका अनुसार छिट्टै उनको नयाँ गीत लिएर बजारमा आउने तयारीमा छ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्