कोभिड-१९ का कारण एक वर्षदेखि बन्द चोभारमा रहेको हुप्पील्यान्ड पूर्णरूपमा सञ्चालनमा

काठमाडाैँ – चोभारमा रहेको हुप्पील्यान्ड पूर्णरूपमा सञ्चालनमा आएको छ। सानासाना केटाकेटीदेखि लिएर वृद्धवृद्धाले रुचाएको रमणीयस्थलको रूपमा रहेको हुप्पी ल्यान्ड कोरोनाका कारण एक वर्षदेखि बन्द रहेको थियो। उक्त स्थान चैत १४ गते शनिबारदेखि पूर्ण रूपमा सञ्चालनमा आएको हो।
हुप्पील्यान्ड कोभिड-१९ का कारण सञ्चालनमा आउन सकेको थिएन। सरकारले स्वास्थ्य मापदण्ड पालना गराउँदै व्यवसायहरू सञ्चालन गर्न अनुमति दिएपछि हुप्पील्यान्ड पनि सबै स्वास्थ्य सुरक्षाका मापदण्ड पूर्णरूपमा लागू गर्दै सञ्चालनमा आएको प्रबन्ध निर्देशक सुदन बस्नेतले जानकारी दिएका छन्।
उनले भने, ‘हामीले विभिन्न ठाउँमा सेनिटाइजरको व्यवस्था गर्नुका साथै हातधुने र तापक्रम नाप्नेलगायतका सबै मापदण्ड पूरा गरेर यो पार्क सञ्चालनमा ल्याएका हौं।’
पार्कमा स्वदेशी तथा विदेशी व्यक्तिहरूले रमणीय दृश्यावलोकन गर्न पाउनुका साथै खेल्ने व्यवस्थापन गरिएको छ ।

कसरी पुग्ने ? के खेल्ने ?
काठमाडौंको बल्खुसँगै जोडिएको रिङरोडबाट ५ किलोमिटर दक्षिणतर्फ गएपछि हुपील्यान्ड पुगिन्छ ।
हुपील्यान्ड खासमा वाटर पार्क नै हो । यहाँ पानीका अनेकन् खेल खेल्न सकिन्छ । स्लाइड, स्विमिङ, वाटर फलदेखि रेन्जर, फ्रिज वे, कोलम्बस जस्ता खेलहरु खेलेर मनोरञ्जन लिन सकिन्छ । यहा बालबालिकाका लागि हावामा उफ्रिने खेल (इनफ्ल्याटेबल), हेलिक्पटर, कार पनि खेल्ने व्यवस्था छ । हुपील्यान्डमा अक्टोपस, एलियन, डाइनोसरको पार्क पनि छ । यि कृत्रिम डाइनोसरले हावाको माध्यामबाट आवाज निकाल्छन । पार्कमा थ्रीडी थिएटर र रेष्टुरेन्टको सुविधा पनि छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्