मैले देखेको बेमाथाङ : छटेल रिम्पोचेले तपस्या गरेको गुफा देखि मेलम्चीको मुहान सम्म

 काठमाडौँ – बेमाथाङ अर्थात बालुवाको चौर, प्राकृतिक सौन्दर्यताले निकै रमणीय ठाउँ । समुद्री सतहबाट करिब ३७ सय मिटरको उचाईमा रहेको ठूलो चौर हो बेमाथाङ । ठूलो बालुवाको चौर भएको कारण यसलाई ह्याल्मो भाषामा बेमाथाङ भनिएको हो ।
बेमाथाङमा पुग्दा ८ घण्टा हिडेको थकाई क्षणभरमै विलय भयो । यसको कारण थियो त्यहाको हरियो बन, कलकल बग्ने मेलम्ची खोलाको आवाज, छटेल रिम्पोचेको सम्झनामा बनाएको छोर्तेन इत्यादी । बेमाथाङको पश्चिमपट्टि एउटा गुफा छ । जुन गुफामा तिब्बतियन गुरु छटेल रिम्पोचले तपस्या गरेका थिए । तपस्या गर्दा छटेल रिम्पोचले गुरु रिम्पोचेलाई देखेको भन्ने किम्बदन्ती रहेछ । म पनि त्यो गुफा हेर्न त्यस तर्फ लागे । ठुलो ढुङ्गाको मुनि २ वटा साना साना गुफाहरु थिए । जहाँ बस्दा निकै आनन्द आउने देखिन्छ । घनघोर जंगलको बीचमा शान्त वातावरणले मन निकै लोभ्याउने देखिन्छ । यतिमात्र हैन बेमाथाङको अर्को विशेषता हो मेलम्ची खोलाको मुहान । काठमाडौँ बासीको बहुप्रतिक्षित आयोजना मेलम्ची खानेपानी आयोजनाको मुल मुहान बेमाथाङ भन्दा केही माथी छुयला ग्याल्जेनमा पर्दछ । निकै स्वच्छ, कञ्चनयुक्त जल बग्ने यो ठाउँ धार्मिक हिसाबले पनि महत्वपूर्ण मानिन्छ । बौद्ध धर्मावलम्बीहरुले अरु ठाउँमा ३ वर्ष तपस्या गरेर पाउने ज्ञान यस क्षेत्रमा ३ महिनामा प्राप्त हुने जन विश्वास छ । बेमाथाङको अर्को विशेषता हो बेस क्याम्प । अग्ला चुचुराहरुमा पर्वातारोण गर्दा बेमाथाङलाई बेसक्याम्पको रुपमा लिने गरिन्छ । बेमाथाङको पुर्व, उत्तर र पश्चिममा ५ हजार देखि ६ हजार मिटर अग्ला चुचुराहरु देख्न सकिन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्