बाजुराको रजाताेली र ढम्कनेमा एकै दिन २ ओटा साना उद्योगको उद्घाटन

बाजुरा जिल्लाको सदरमुकाम स्थित बडिमालिका नगरपालिका वडा न ७ रजाताेली र ढम्कनेमा मा एकै दिन २ ओटा साना उद्योगको उद्घाटन गरिएको छ । बडिमालिका ७ को ढम्कनेमा आलु चिप्स बनाउने उद्योग र रजातोलीमा ढुङा काट्ने मेशीनको बडिमालिका नगरपालिकाका नगरप्रमुख पदम बडुवाल र नेकपा एमालेका नेता गगन रावलले सयुक्त रुपमा दुबै उद्योगको उद्धघाटन गरेका हुन ।
गाउँमा भएका बेरोजगार युवा युवतीहरुलाई रोजगार बनाउने उदेस्यका साथ गाउँमै रोजगारी सिर्जना गरी वडा कार्यालयको समन्वय तथा कृषि ज्ञान केन्द्र बाजुरा र घरेलु तथा साना उद्योग बिकास समिति बाजुरा  तथा सात नम्वर प्रदेश सरकारको सहयोगमा उद्योग संचालनमा आएको बडिमालिका वडा न ७ का वडा अध्यक्ष धर्मराज पाध्यायले बताए ।
उद्योग उद्धघाटनमा गएका नगर प्रमुख बडुवाल र नेकपा एमाले नेता गगन रावलले अब यहांका गाउँ ठाउँ र नगरको बिकाशमा युवाहरुको भुमिका महत्वपुर्ण रहेकाले सबैजनाले उद्योगी बन्नुपर्ने बताएका छन । दुबै जनाको एकै बोलीमा अब नगर समृद्ध बनाउन उद्यमी नभएर बिकाश नहुने बताएका छन् ।
अन्य कुनै बिषयमा राजनीती गरीएला तर अब हाम्राे नगर र जिल्लाको बिकाशमा कुनै पनि राजनिती नहुने गरी बिकाशमा हामी  एकजुट भएर जाने दुबै जनाकाे प्रतिबद्धता समेत रहेकाे  छ । बिकाशका कार्यहरुमा नगरपालिकाबाट हुने सहयोग आफु गर्ने र प्रदेशबाट हुने सहयोगका लागि नेता रावलले समन्वयात्मक भुमिका निर्बाह गर्ने बताएका छ
बिकाशका नाममा कुराकानि गरेर बिकाशका लागि एमाले काग्रेश एक जुट भएर जाने बताएका छन । एक औपचारीक कार्यक्रमका बिच दुबै उद्योगहरुको उद्धघाटन गरिएको थियो ।

आलु चिप्स बनाउने उद्योगको ढम्कने आलु बल्कका अध्यक्ष नरबहादुर रोकायाको अध्यक्ष्तामा संचालन भएको कार्यक्रमका प्रमुख अतिथि बडिमालिका नगरपालिकाका नगर प्रमुख पदम बडुवाल रहेका थिए भने बिशिष्ठ अतिथि नेकपा एमालेका नेता गगन रावल रहेका थिए भने अतिथिहरुमा घरेलु तथा साना उद्योग बिकास समितिका कार्यालय प्रमुख मान बहादुर चाँड र बडिमालिका नगरपालिका वडा न ७ का वडा अध्यक्ष धर्मराज पाध्याय रहेका थिए ।  कार्यक्रमको संचालन आलु ब्लकका सचिब राम बहादुर धामीले गरेका थिए ।
त्यसै गरी ढुङा काट्ने मेशीनको उद्धघाटन पनी मेयर बडुवाल र नेकपा नेता रावलले सयुक्त रुपमा गरेका थिए सो कार्यक्रमको संचालन ज्ञानोदय माबिका शिक्षक प्रेमलाल पाध्यायले गरेका थिए । दुबै उद्याेगी हरूलाइ मेयर बडुवाल र नेता रावलले  दिर्घकालिन याेजना बनाएर अगाडी बढ्नकालगी  आसबासन दिएका गएका छन ।
आलु चिप्स बनाउने उद्योग करिव ४ लाख भन्दा बढि लागतमा संचालन गरीएकाे छ भने ढुङा काट्ने मेशिनमा १२ लाख लागतमा संचालनमा ल्याइएकाे तिमिल्सेना बलक उद्याेगका संचालक  टेकराज तिमिल्सेनाले बताएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्