सर्बोत्कृष्ट ‘पप गायक’को अवार्ड गायक चिरन्जीवी भण्डारीलाई

काठमाडौं – सर्बोत्कृष्ट पप गायक’को अवार्ड रुपन्देहीको तिलोत्तमाका गायक चिरन्जीवी भण्डारीले प्राप्त गरेका छन् । सातौं नेशनल क्यापिटल अवार्ड–२०७७ को आइतबार नेपाल पर्यटन बोर्डमा भएको कार्यक्रममा भण्डारीले बदमाश गीत“बाट सर्बोत्कृष्ट पप गायक’को अवार्ड प्राप्त गरेका हुन् । भने उत्कृष्ट पप गायिका उषा मलाहा बन्न सफल भइन् ।

यस्तै क्यापिटल इन्टरटेनमेन्ट र शुभकामना मिडियाको सहकार्यमा भएको उक्त अवार्ड कार्यक्रममा गायक शिव परियार र गायिका अन्जु पन्त उत्कृष्ट गायक गायिका बने । गायक परियारले मेरो भागको खुशी गीतबाट अवार्ड चुमेका थिए भने अन्जु पन्तले थोपा थोपा आँसुबाट उत्कृष्ट गायिकाको अवार्ड चुमेकी हुन् । त्यसैगरी यस वर्षको लाइफटाइम अचिभमेन्ट अवार्डबाट प्रतिष्ठित गीतकार उन्नती शीला बोहोरालाई पाएका छन् ।

गायक छिरिङ भुटियालाई राष्ट्रिय संगीत सम्मान, संगीतकार सन्तोष श्रेष्ठलाई दशकको संगीत सम्मान, च्याङ्बा लामालाई राष्ट्रिय फोटोग्राफी सम्मान, घनश्याम राज कर्णिकारलाई साहित्य सम्मान, पत्रकार दिनेश थापालाई पत्रकारिता पुरस्कार प्राप्त गरेका छन् । त्यस्तै लोकदोहोरी तर्फ गायक सञ्जय गुरुङ र गायिका सीता केसीले उत्कृष्ट गायक गायिका लोकदोहोरीतर्फको अवार्ड चुम्न सफल भए । गायक गुरुङले लुकीलुकी गीतबाट अवार्ड चुमे भने गायिका केसीले भाग्यले नि ढाँट्यो गीतबाट अवार्ड चुम्न सफल भइन् ।

उत्कृष्ट लोकदोहोरी निर्देशक दीप गुरुङ बन्न सफल भए भने उत्कृष्ट कोरियोग्राफर कजिस श्रेष्ठ बन्न सफल भए । उत्कृष्ट लोकदोहोरी शब्द अमृत खातीले चुम्न सफल । सुगम संगीततर्फ उत्कृष्ट संगीतकार विकास चौधरी भए भने गीतकारतर्फ हरि उप्रेती उत्कृष्ट बन्न सफल भए । उनीहरुले वल्ली होइन पल्ली गीतबाट अवार्ड चुमेका हुन् । गौतम खाती र श्रेया दुलाल उत्कृष्ट म्यूजिक भिडियो मोडल सुगम संगीतर्फको अवार्ड चुम्न सफल भए भने एसके दाहाल र सोनाम गुरुङले उत्कृष्ट मोडल लोकदोहोरीतर्फको अवार्ड चुम्न सफल भए ।

पपुलर गायिका अफ दि इयर पपतर्फ गायिका लक्ष्मी पुरी प्रधान बन्न सफल भइन् भने पपुलर गायिका अफ दि इयर सुगम संगीततर्फ इन्दु बानियाँ उत्कृष्ट भइन् । उत्कृष्ट पप म्यूजिक भिडियो मोडल अनिता गिरी बन्न सफल भइन् भने पपुलर मोडल अफ दि इयर सुनिल लामिछाने बन्न सफल भए । राष्ट्रिय भावको गीतर्फ गायक नवीन पौडेलले लेऊ खुकुरी लेउ गीतबाट अवार्ड चुम्न सफल भइन् भने उत्कृष्ट गीतकार रमेश दाहालले ए झण्डा बोलको गीतबाट चुम्न सफल भए।

मौलिक गीतको विधातर्फ उत्कृष्ट मौलिक विधा कौडातर्फ गायक प्रकाश गुरुङ र गायिका दीप गुरुङ उत्कृष्ट बन्न सफल भए । उत्कृष्ट मौलिक शब्द कौडातर्फ अविनाश थापा मगर उत्कृष्ट बन्न सफल भए । त्यस्तै उत्कृष्ट मौलिक गायिका सालैजोतर्फ बबिता गुरुङ उत्कृष्ट भइन् भने उत्कृष्ट नेवारी भाषा गायक देवमान तण्डुकार बन्न सफल भए ।

श्रोत : ग्लोबल आवाज अनलाइन पत्रिका

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्