काम कम र गुनासा बढी गरिरहेका जनप्रतिनिधिहरुका लागि हेलम्बुका अध्यक्ष शेर्पा ‘एक प्रेरणाका स्रोत’

काठमाडौँ – स्थानीय तहको निर्वाचन भएको साढे ३ वर्ष वितिसक्दा पनि जनप्रतिनिधिहरुले काम कम र गुनासा बढी गरिरहेका छन् । तर सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पा भने यस्तो जनप्रतिनिधिको प्रेरणाको स्रोत बन्न सक्छन् । हेलम्बु गाउँपालिकामा अध्यक्ष शेर्पा निर्वाचित भएर आएपछि शिक्षा, स्वास्थ्य, पर्यटनमा उल्लेख्य सुधार भएको छ । उपहार खबर सँगको विषेश कुराकानीमा अध्यक्ष शेर्पाले सधैँ जनताको पक्षमा रहेर काम गर्ने गरेको बताउनुभयो ।
उहाँले चीन पछिको दोस्रो ठूलो ग्रटवालका रुपमा रहेको हेलम्बु ग्रेट ट्रेलको योजना अघि सार्नुभयो । अहिले यो ग्रेट टे«लको निर्माण भइरहको छ भने यसै आर्थिक वर्ष वर्ष ३ किलोमिटर सक्ने लक्ष्य राखिएको छ । यस्तै उहाँले स्वास्थ्यको क्षेत्रमा निकै लोकप्रिय कार्यक्रम ल्याउनुभयो । अहिले हेलम्बुमा सुत्केरीहरुको लागि हेलम्बुबाट काठमाडौँ सम्म एम्बुलेन्स निःशुल्क गरिएको छ । कोरोना माहामारीमा पनि दिर्घ रोगिहरुलाई घर–घरमा गएर औषधि वितरण गरिएको थियो । यति मात्र हैन आर्थिक वर्ष २०७६÷७७मा हेलम्बुको इचोक स्वास्थ्य चौकी जिल्ला भरिकै स्वास्थ्य चौकीहरु मध्येबाट उत्कृष्ट समेत भएको थियो । चालु आर्थिक वर्षको छ महिनामा पनि इचोक स्वास्थ्य संस्थामा १ सय बच्चा जन्मिएका छन् । यस्तै शिक्षाको क्षेत्रमा पनि गाउँपालिकाले महत्वाकाँक्षि योजनाहरु अघि सारेको छ । हेलम्बु नमुना विद्यायल निर्माणको काम अन्तिम चरणमा पुगेको छ । नमुना विद्यालयको निर्माण पश्चात हेलम्बुले शिक्षामा नयाँ अभ्यासको थालनी हुनेछ । यो कुरामा देशभरीकै स्थानीय तहहरुमध्ये हेलम्बु पहिलो हुनेछ । मोडेल विद्यायलमा आगामी शैक्षिक सत्रबाट पढाइ सुरु हुने अध्यक्ष शेर्पाले बताउनुभयो । हेलम्बुको विद्यालयहरुमा संस्कृत र सम्भोट भाषाको समेत पढाई सुरु गरिएको छ ।

पर्यटनको प्रचुर सम्भावना बोकेको हेलम्बुलाई अझ देश–विदेशमा चिनाउन झनै लागिपर्नुभएको छ हेलम्बु गाउँपालिकाका अध्यक्ष शेर्पा । उहाँ भन्नु हुन्छ, ‘अबको केही वर्षमा पर्यटनबाट आम्दानी गरेर देशकै धनी गाउँपालिका बन्नेछौं । यहाँका सर्वसाधारणलाई स्वरोजगार बनाएर छुट्टै पर्यटकीय क्षेत्रको रूपमा विकास गर्नेछौं’ । अध्यक्ष शेर्पाकै पहलमा हेलम्बुमा २४ मेगावाटको जलविद्युत आयोजना निर्माण हुन लागेको छ । जलविद्युतको शेयर हेलम्बुका प्रत्येक घर–घरमा दिने योजना रहेको अध्यक्ष शेर्पाले बताउनुभयो ।

हेलम्बु गाउँपालिकाले किसानलाई मलमा अनुदान दिने गरेको छ । हेलम्बुको किसनले देशभरीका किसानले भदा सोस्तोमा मल पाउँछन् । गाउँपालिकाले कृषि सामाग्रीहरु पनि सहजै उपलब्ध गराउने गरेको छ । सहकारीलाई ढुवानी खर्च गाउँपालिकाले उपलब्ध गराउने गरेको अध्यक्ष शेर्पाले बताउनुभयो ।

अध्यक्ष शेर्पाले भन्नुभयो, ‘हेलम्बुलाई पर्यटन सँगै कृषिमा पनि सुधार गरेर हेलम्बु जनतालाई धनी बनाउने अभियानमा म लागेको छु । यो सम्भव छ, हामीले गर्नु पर्छ, हामीले नगरे कसले गर्ने ?’

अहिले जनताहरुले गाउँगाउँ सिंहदरबारको अनुभूति गर्न थालेका छन् । अध्यक्ष शेर्पाले अहिले सम्मको ३ वर्षे कार्यकाल सन्तोषजनक रहेको बताउनुभयो । प्रत्येक योजनाहरुको अनुगमनमा अध्यक्ष शेर्पा आफै पुग्नुहुन्छ । ‘आँखाले हेर्नैपर्ने र चित्त बुझेन भने त्यहीं आपत्ति जनाउँछु,। त्यसमा सबै जनताको साथ र सहयोग छ ।’ अध्यक्ष शेर्पाले भन्नुभयो ।
‘अहिले हेलम्बु धेरै कुरामा पछाडी देख्छौ, अबको केहि बर्षमा हेलम्बु शिक्षाको हिसाबले, स्वास्थको हिसाबले, हरेक क्षेत्रमा नेपालकै नमुना हुनेछ यो बनाउन सकिन्छ भन्ने मैले पूरा आत्मबलका साथ अगाडि बढेको छु’ अध्यक्ष शेर्पाले भन्नुभयो ।
काम गर्ने इच्छा शक्ति राख्यो भने कुनै कुराको अभाव नहुने अध्यक्ष शेर्पाको भनाई छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्