अमेरिकी राजदूत बेरी र प्रचण्डबीच खुमलटारमा भेटवार्ता

काठमाडौं – अमेरिकी राजदूत ¥यान्डी बेरीले पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्नुभएको छ । नेकपाको प्रचण्ड– माधव नेपाल समूहका अध्यक्ष प्रचण्डसँको भेटमा नयाँ अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनको प्राथमिकता बारेमा कुराकानी भएको राजदूत ¥यान्डी बेरीले जानकारी दिनुभयो ।

सोमबार राजदूत बेरीले प्रचण्डको निवास खुमलटारमा पुगेर उहाँसँग भेटवार्ता गर्नुभएको हो । राजदूत बेरीले भेटपछि ट्वीटरमा लेख्नुभएको छ, ‘नयाँ अमेरिकी राष्ट्रपति प्रशासनको प्राथमिकताहरु बारे छलफल गर्ने शृंखलाबद्ध भेटवार्ताका क्रममा मैले दाहाललाई भेटेको हुँ । मैले लोकतन्त्रलाई सुदृढ पार्ने, जलवायु परिवर्तनको विरुद्ध लड्ने र विश्वभर महिला र केटीहरुको अधिकारको उत्थान गर्ने अमेरिकी प्रतिबद्धता दोहो¥याएको छु ।’

अमेरिकी राष्ट्रपति बाइडेनले सपथ खाए लगतै राजदूत बेरीले माघ ८ गते बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्नुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्