नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै, यी एजेन्डामा हुनेछ छलफल

File Photo

काठमाडौँ – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ ।

मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा मुख्यगरी प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेको विरोधमा तेस्रो चरणमा आन्दोलनका कार्यक्रम घोषणा गर्ने विषयमा छलफल हुने काँग्रेसले जनाएको छ ।
प्रधानमन्त्री ओलीले पुस ५ मा प्रतिनिधि सभा विघटन गर्नुलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेको कांग्रेसले सम्भवत आज सरकारविरूद्ध आन्दोलनका कार्यक्रम तय गर्नेछ । यसअघि वडादेखि केन्द्रसम्म कांग्रेसले आन्दोलन अन्तर्गत प्रदर्शन र विरोध गरेको थियो। वरिष्ठ नेता पौडेल आन्दोलनमा जानुपर्नेमा छन् ।

यससँगै कांग्रेसको १४ औं महाधिवेशनबारे पनि छलफल हुनेछ । कांग्रेसले फागुनमा महाधिवेशन तोके पनि त्यसअनुसार तयारी गरेको छैन ।यस्तै प्रदेशहरूमा पार्टी सरकारमा जाने वा नजाने भन्ने पनि केन्द्रीय समितिमा छलफलको विषय छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्