दार्चुलाका स्थानीय तहमा आगामी आवका लागि ३ अर्ब ८१ करोड ६७ लाखको अनुमानित बजेट

गणेश सिँह धामी, दार्चुला

दार्चुला जिल्लाका नौ वटा स्थानीय तहमा गरी आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि ३ अर्ब ८१ करोड ६७ लाख ९८ हजार ६६ रुपैयाँको अनुमानित बजेट ल्याएका छन् । दार्चुला जिल्लामा ७ गाउँपालिका र २ नगरपालिका रहेको छन । जसमा सबैभन्दा बढी महाकाली नगरपालिकाले बजेट अनुमान गरिएको छ । नगरपालिकाले ६३ करोड ३२ लाख ७१ हजार १ सय ६ रुपैयाँ पारित गरेको छ । यसैगरी शैल्यशिखर नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ४९ करोड ३० लाख ६७ हजार ७० रुपैयाँ अनुमान गरेको छ भने मालिकार्जुन गाँउपालिकाले ४७ करोड १९ लाख ७ हजार बराबरको अनुमानित बजेट गाउँसभामा पेश गरेको छ ।
यस्तै मार्मा गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ४४ करोड २५ लाख ८१ हजार आठ सय चालिस रुपैयाँ अनुमान गरिएको छ भने नौगाड गाउँपालिकाले आगामी आर्थिक वर्षको आन्तरिक राजश्व आय प्रक्षेपण ६५ लाख, संघीय सरकारबाट प्राप्त राजश्व बाँडफाँड तर्फ ६ करोड ९६ लाख ५० हजार ३ सय ४० रुपैयाँ, संघीय समपुरक अनुदान बाफत १ करोड १३ लाख अनुमान गरिएको छ ।
लेकम गाउँपालिकाले ३८ करोड ५३ लाख ६० हजार ६० रुपैयाँको बजेट ल्याएको छ । यस्तै दुहूँ गाउँपालिकामा समानीकरणमा ८ करोढ ८४ लाख, सशर्त अनुदान तर्फ १२ करोड ६९ लाख संघीय राजस्व बाँडफाँड तर्फ ४ करोड ८६ लाख २३ हजार, प्रदेश समानीकरणतर्फ ६८ लाख ९४ हजार र सवारी साधन करबाट १४ लाख ७४ हजारको अनुमान गरिएको छ ।
ब्याँस गाउँपालिका र अपिहिमाल गाउँपालिका बाहेक सबैलाई नीति, कार्यक्रम तथा बजेट गाउँ तथा नगरसभामा पेश गरेका छन् । अपिहिमाल गाउँपालिकाले ३२ करोड ९८ लाख ७० हजार ६ सय ५० रुपैयाँ आगामी बजेट अनुमान गरेको छ भने ब्याँस गाउँपालिकामा आगामी आर्थिक वर्षका लागि करिब ३२ करोडको हाराहारीको बजेट अनुमान गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्