सुदूरपश्चिममा ५ हजार बढिको कोरोना परीक्षण बाँकी, परीक्षणमा ढिलाई भएको भन्दै चौतर्फि आलाेचना

FILE PHOTO

सुदूरपश्चिम प्रदेशमा थ्रोट स्वाबको नमूना संकलन भएका पाँच हजार बढिको कोरोना परीक्षण गर्न अझै बाँकी रहेको छ । बिहिवार सम्म नमूना संकलन भएका पाँच हजार ५६ जनाको रिर्पोट आउन बाँकी रहेको छ ।
स्वाब संकलन गरेको १५ दिनसम्म पनि रिपोर्ट नआउदा अधिकांश संक्रमित घर जाने गरेको छ भने कोहि क्वारेन्टाइन मै बस्ने गरेका छन । परीक्षणमा ढिलाई गरेको भन्दै चौतर्फि विरोध हुनुका साथै सामाजिक सञ्जालमा टिकाटिप्पणीको विषय नै बनेको छ ।
स्वास्थ्य निर्देशनालयले परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ पठाइएका दुई हजार एक सय ५७ र धनगढी प्रयोगशालामा पठाइएका दुई हजार ८ सय ९९ जनाको परीक्षण बाँकी रहेको जनाएको छ । सुदूरपश्चिममा १५ हजार तीन सय १९ जनाको पीसीआर विधीबाट कोरोना परीक्षणमा भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्