कैलालीको त्रिनगर नाका भएर चालु आर्थिक बर्षमा ५५ लाखको बेसार आयात

कैलालीको त्रिनगर नाका भएर चालु आर्थिक बर्षमा ५५ लाखको बेसार आयात भएको छ । चालु आर्थिक वर्षको १० महिनामा ५४ लाख ९३ हजारको बेसार भारतबाट आयात भएको त्रिनगर भन्सार कार्यालयले जनाएको छ । कैलालीको त्रिनगर नाकाबाट चालु आर्थिक बर्षमा आयात भएको वेसार अघिल्लो आर्थिक बर्षको भन्दा दोब्बर हो ।
सुदूरपश्चिममा १८ हजार चार सय ७७ मेट्रिक टन बेसार उत्पादन हुने गरेको तथ्यांक छ । गत साता राष्ट्रिय सभामा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले बेसारले कोरोना निको हुने अभिव्यक्ति दिएसँगै सामाजिक सञ्चालमा टिकाटिप्पणी हुनुका साथै बेसार आयात बारे खोज अनुसन्धान हुन थालेको छ ।
यस्तै नेपालले चालु आर्थिक वर्षको १० महिनामा २७ करोड ९५ लाख ११ हजार रुपैयाँ बराबरको बेसार तथा यसका कच्चा पदार्थ आयात गरेको छ । भन्सार विभागले दिएको विवरणअनुसार साउनदेखि वैशाखसम्म ९८ लाख १० हजार बराबरको २ लाख २५ किलो ताजा बेसार, यस्तै तीन करोड ७१ लाख ९८ हजार रुपैयाँ बराबरको दुई लाख २५ हजार ७ यस ४१ किलो धूलो बेसार र २३ करोड २५ लाख ३ हजार रुपैयाँ बराबरको १८ लाख ४९ हजार ८७ किलो बेसार तथा बेसारजन्य पदार्थ आयात भएको भन्सार विभागले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्