हिमानी शाह ‘टिकटक’मा भाइरल, पारसले गरे ‘लब रियाक्ट’ सहित शेयर

काठमाणडौ – पूर्व युवराज्ञी हिमानी शाहले दुई छोरीहरुसँग गरेको टिकटक भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।

थाइल्याण्डमा रहेकी शाहले दुई छोरी पूर्णिका र कृतिकासँग विभिन्न गीतमा गरेको नृत्य भाइरल भएको हो । उनीहरुको टिकटक भिडियो सार्वजनिक भएपछि धेरैले प्रशंसासहित लाइक र शेयर गरेका छन् ।

लकडाउनका कारण अस्तव्यस्त दैनिकीकमा आफूलाई कसरी खुसी र स्वस्थ रहन सकिन्छ भन्ने हिमानी शाहबाट सिक्न सकिने भन्दै धेरैले उनीहरुको टिकटक भिडियो सामाजिक सञ्जालमा शेयर गरेका छन् । कमेन्ट गर्नेहरुले सुन्दरता र नृत्यको तारिफ गरेका छन् ।

हिमानीसँग पारिवारिक सम्बन्ध बिग्रिएका पूर्व युवराज पारस साहले पनि मेरो परिवार भन्दै उक्त भिडियो शेयर गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्