रुपन्देहीको तिलोत्तमामा ५ जनाको सामुहिक हत्या

काठमाडौं – रुपन्देहीको तिलोत्तमा नगरपालिका १० मैनहवामा पाँच जनाको सामूहिक हत्या भएको छ ।

डिएसपी खड्गबहादुर खत्रीले एउटा फार्ममा शव भेटिएको पुष्टि गर्दै अनुसन्धानको लागि टोली परिचालन गरिएको बताए । घटना गएरातिको हो । पमृतकको विवरण खुलेको छैन ।

घटनास्थलमै चार जनाको मृत्यु भएको थियो भने एकजनाको उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेहरुमा एक जना महिला र चार जना पुरुष छन् । उनीहरु एक पशु फर्ममा काम गर्ने मजदुर रहेको बुझिएको छ । प्रहरीले घटनाको अनुसन्धान गर्न एक जनालाई पक्राउ गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्