वन पैदावारको माग गर्न उपभोक्ताहरुलाई आह्वान

कञ्चनपुर – श्री बैजनाथ सामुदायिक वन उपभोक्ता समुहले आवश्यक काठ, दाउराको लाग माग फारम पेश गर्न सूचना जारी गरेको छ ।
सोमबार उक्त वनका अध्यक्ष बहादुरसिंह महराले एक सूचना जारी गर्दै आवश्यक काठ, दाउरा, बल्लाबल्ली, तारबारको पोल, ह्युम पाइप, काठको विद्युत पोल, बार भित्तो, काठको डुण, हलो, जुवा, कल्पिाईको डण्डा, टेक्को, डबल निर्माणको काठ, कच्चिघर लिपपोत गर्ने माटोको माग फारम पेश गर्न सूचना जारी गरेको हो । वन पैदावारहरु उपभोक्ता भित्र वितरण प्रणाली अनुसार वितरण गरि जनताको वास्तविक समस्या हल गर्न अपरिहार्य भएकाले सूचना प्रकाशित गरिएको अध्यक्ष महराले जानकारी दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्