सीमा विवादबारे भारतीय गृहमन्त्रीले मुख खोलेः ‘आत्मसम्मानमा चोट पुग्ने काम कसैबाट हुन दिदैनौ’

एजेन्सी – भारतीय रक्षामन्त्री राजनाथसिंहले भारतको आत्मसम्मान र स्वाभिमानमा चोट पुग्ने काम कसैबाट हुन नहुने र त्यो हुन नदिने बताएका छन् । पूर्वी लद्दाखस्थित सीमानामा चिनिया र भारतीय सेनाबीच विवाद भैरहेका बेला रक्षामन्त्री सिंहको उक्त अभिव्यक्ति आएको हो । पूर्वी लद्दाखको सीमा विवादका सम्बन्धमा भारत र चीनबीच राजनीतिक र सैन्यस्तरमा वार्ता भैरहेको बताउँदै उनले उक्त वार्ता सकारात्मक दिशातर्फ उन्मुख भैरहेको समेत बताएका छन् । उनले भारत र भारतीय जनताको आत्मसम्मानमा कतैबाट चोट पुग्न नदिने प्रतिबद्धता समेत जनाएका छन् ।

भारतीय जनताको पार्टीको सार्वजनिक संवाद र्यालीलाई सम्बोधन गर्दैै उनले भने, ‘भारत र चीनबीचको सीमा विवाद लामो समयदेखि चलिरहेको छ । हामीले पनि चाहेका छौ कि विवाद चाडै सुल्झियोस् ।’ उनले चीन र भारतबीच लगातार राजनीतिक र सैन्य स्तरमा वार्ता चलिरहेको समेत बताए । पछिल्ला महिनादेखि पूर्वी लद्दाखमा भारतीय र चिनियाँ सेनाबीच विवाद चर्किदै गएको छ । सीमाना दुई पक्षीय सेना आमन्ने सामन्ने हुन थालेपछि दुवै देशको राजनीतिक र सैन्य नेतृत्व समस्या समाधानका लागि जुटिरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्