चलचित्र विकास बोर्डको अध्यक्षमा दयाराम दाहाल नियुक्त

काठमाडौँ – चलचित्र विकास बोर्डको अध्यक्षमा चलचित्र निर्देशक दयाराम दाहाल नियुक्त भएका छन् ।
बिहिबार मन्त्रिपरिषद मन्त्रिपरिषद् बैठकले बोर्डको रिक्त स्थानमा दाहाललाई नियुक्त गरेको हो ।

चलचित्र विकास बोर्डको अध्यक्षको दावेदारमा दाहालसँगै चलचित्र नायक तथा निर्माता भुवन केसी, सांस्कृतिक संस्थानका पूर्वमहाप्रवन्धक राजेश थापालगायत पनि रहेका थिए । गत मंसिरमा तत्कालीन अध्यक्ष केशव भट्टराईको निधनपछि बोर्ड नेतृत्वविहीन बनेको थियो । नवनियुक्त अध्यक्ष दाहालले झन्डै ४० वटा चलचित्र निर्देशन गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्