सुर्खेतमा क्वारेन्टाइनमा बसेर घर फर्किएका युवकको कारोनाले मृत्यु भएको पुष्टि, मृत्यु हुनेको संख्या ११

सांकेतिक तस्बिर

सुर्खेत – सुर्खेतमा आरडीटी नेगेटिभ आएपछि क्वारेन्टाइनबाट घर फर्किएका युवकको कोरोनाले मृत्यु भएको पुष्टि भएको छ ।
बिहीबार बिहान मृत्यु भएका पञ्चपुरी नगरपालिका–१ हाँसेका २० वर्षीय युवकको मृत्युपछि पीसीआर जाँच गर्दा पोजेटिभ आएपछि कोरोनाले मृत्यु भएको पुष्टि भएको हो ।
ती युवकको स्वाबको रिपोर्ट शुक्रबार बिहान २ बजे पोजेटिभ आएको कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

यही जेठ ७ गते भारतबाट आएका उननी जनता मावि विद्यापुरको क्वारेन्टाइनमा बसेका थिए । आरडीटी जाँच गर्दा नेगेटिभ आएपछि २१ गते दिउँसो घर गएका उनको सोही दिन राति २ बजे मृत्यु भएको थियो ।

यो सहित नेपालमा कोरोना भाईरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ पुगेको छ। कर्णालीमा भने दुई जना पुगेको छ।

यसअघि दैलेखमा एकजनाको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्