स्वच्छ वातावरणका लागि जैविक विविधताको योगदान महत्वपूर्ण : प्रधानमन्त्री

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले स्वच्छ वातावरण कायम राख्नका लागि जैविक विविधताको महत्त्वपूर्ण योगदान रहेको बताएका छन् ।

विश्व वातावरण दिवसका अवसरमा शुभकामना सन्देश दिदै उनले यस्तो बताएका हुन् । समृद्ध नेपाल, सुखी नेपालीको हाम्रो राष्ट्रिय आकाङ्क्षा प्राप्तिका लागि देशमा उपलब्ध जैविक विविधताको संरक्षण, सम्बद्र्धन र दीगो उपायले महत्वपूर्ण योगदान पु¥याउने समेत प्रधानमन्त्री ओलीले स्पष्ट पारे ।

‘नेपालको संविधानले परिलक्षित गरेको समतामूलक समाजको निर्माणका लागि हासिल गर्नुपर्ने आर्थिक उपलब्धि, रोजगारी सिर्जना, औद्योगिक विकास, आर्थिक उपलब्धिको न्यायोचित वितरण एवं सन्तुलित वातावरण र स्थायित्वयुक्त परिस्थितिकीय प्रणाली जस्ता महत्वपूर्ण सूचकका लागि नेपालमा उपलब्ध जैविक विविधताको अहम् भूमिका रहिआएको छ’–उनको सन्देशमा भनिएको छ । हालै कार्यान्वयनमा ल्याइएका पन्ध्राँै योजनमा वन, जैविक विविधता तथा जलाधार क्षेत्रलाई आर्थिक आधार क्षेत्रका रूपमा समेत परिभाषित गरी तदनुकूलका नीति रणनीति, कार्ययोजना तथा कार्यक्रम तय गरिएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले यस योजनाको कार्यान्वयनमा तीनै तहका सरकार संवैधानिक क्षेत्राधिकार अनुसार क्रियाशील र दत्तचित्त भएर लागिरहेको उल्लेख गरे ।

‘जैविक विविधताको महत्व र योगदान बहुआयामिक छ, त्यसैले निरन्तर बढ्दो जनसङ्ख्याको चाप र विकासका क्रियाकलापको तीव्रतर कार्यान्वयनमा वातावरणमैत्री विधि अपनाउनु पर्दछ’, उनले सन्देशमा भनेका छन् । जैविक विविधताको संरक्षण र विकास निर्माणका कामको कार्यान्वयनमा सन्तुलन मिलाउन ध्यान दिनुपर्ने आवश्यकता औँल्याउँदै प्रधानमन्त्री ओलीले सामाजिक, आर्थिक विकास तथा पर्यावरणीय सन्तुलनमा समेत योगदान पु¥याउने जैविक विविधताको संरक्षण, दीगो उपयोग र यसबाट प्राप्त लाभको न्यायोचित वितरणमा नेपाल सरकारले नीति तथा कार्यक्रम मार्फत जोड दिएको बताए । रासस

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्