राजा गए तर सामन्ती गएनन्

नेपालमा अरु केही नभएपनी राजनैतिक परिवर्तन सधै भइरहन्छ। स्व. पृथ्वीनारायण शाहले टुक्रा टुक्रा भएको देशलाइ एकीकरण गरेसके पछि सिङ्गो देश नेपालको एक मात्र राजा भए र तिनका जनताले नै तिनिलाइ भगवान मानी पुज्न थालेपछी नेपालमा सामन्तवादको जन्म भयो । राजा र राजपरिवारहरुलाइ मात्र स्वतन्त्रता दिइयो तर देश एकीकरण भइसके पश्चात् पनि जनताहरु उहीँ दुख र यातना सहि नै रहे । त्यहा राजतन्त्र ढाल्ने प्रजातान्त्र या गणतन्त्र कसैको जन्म भएको थिएन।

एकलौटी शासन सत्ता हातमा लिएर राजाले जनताहरुलाइ दुख दिदै आइरहेका थिए।  पुस्तौ पुस्ता शासन चलाए।बिस्तारै जनचेतना जाग्यो र कोहि उछिल्किएर मैदानमा उतृए र प्रजातन्त्रको खम्बा गाडे। र केही हद सम्म जनताहरु जागृत भए सामन्तिहरुका विरुद्ध बन्दुक बोक्न बाध्य भए र देशमा गणतन्त्र पनि आयो । प्रजातान्त्र,गणतन्त्र ल्याउने सम्पुर्ण योद्धाहरुलाइ राष्ट्रवादी सलाम छ। तर यत्रो बलिदान, त्याग र तपस्या पछि पनि अवस्था उहीँ छ । आखिर गणतन्त्र गणतन्त्र ल्याउनेहरुका लागि मात्रै नभइ सम्पुर्ण नेपाली जनताको लागि थियो तर यहाँ त्यसो भएन म प्रयोग भए मेरो साथी भयो हामी अधिकार र न्यायको लागि सडकमा टायर बाल्छौ उ मज्जाले आफ्नो सत्ता बचाउन स्वार्थ पुर्ती गर्दै जान्छ ।

सत्तामा बसेका हरु अन्य साना राजनैतिक दलहरुलाइ होच्याउदै हेप्दै आइरहेका छन। संसारमा परिवर्तनका लागि लडिने कुनै पनि क्रान्ति असफल भएका छैनन। क्रान्ति कसैले बन्दुक उठाएर गरे कसैले कलम उठाएर गरे तिनै क्रान्तिकारिहरुको क्रान्ति सफल भएर शान्ती सम्झौतामा आए पश्चात त्यो नेतृत्वले एक राजनीतिक विचारधारा बोक्दछ देश कसरी चलाउने के गर्ने भन्दै आ-आफ्ना विचार राखेर सत्तामा बस्न खोज्छन। मैले बन्दुक उठाएर ल्याएको सफल क्रान्ति हो, मैले कलम चलाएर ल्याएको सफल क्रान्ति हो र मैले नै यो क्षेत्र र देशको नेतृत्व गर्नु पर्छ भन्ने व्यक्तिवादी प्रवित्ती नै सामन्तवाद हो। गणतन्त्र आएपछिका सामन्तिहरु बकुल्लाहरुको बिचमा सेतो रङ्गले ढाकेको काग झै छन छुट्याउनै नसकिने ।

अहिलेका सामन्तीहरु पुस्तक बोकेका छन बिद्वान छन जवाफदेहि छन। कसरी छुट्याउने बाहुन र क्षेत्री अझै सामन्ती नै छन उनिहरुको दलितलाई गर्ने व्यवहारका कारण । जब सम्म आफुलाइ धार्मिक भन्ने अन्धविश्वासिहरु छन तब सम्म जातीय भेदभाव छ,जातीय भेदभाव नै सामन्तवादको जड हो । अब एक बिकल्प मात्रै छ सामन्तवाद हटाउन हामिले अन्धविश्वासि धार्मिक सम्प्रदायलाइ त्यागी या संशोधन गरि समाजवादलाई व्यवहारमा उतारेपछी मात्र सामन्तीहरुको अन्त्य हुनेछ।

जय जनता

लेखक : विवेक ओझा (गुरु देव), शुक्लाफाँटा नगरपालिका–१० कञ्चनपुरका स्थानीय हुन् ।

सम्बन्धित लेखकका अन्य लेखहरु :-

“भ्रष्टाचारको विलय भए राष्ट्रभक्तहरुको शालिक मुस्कुराउने छ”

“युद्ध अझै बाँकी छ”

“दलितको व्यथा”

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्