उपत्यकामा फेरि एक साता थपियो निषेधाज्ञा

काठमाडौं– काठमाडौंमा १५ दिनदेखि जारी निषेधाज्ञा एक साता थप गर्ने तयारी भएको छ ।

गृह मन्त्रालयको सुझावका आधारमा काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बुधबार बसेको बैठकले एक साता निषेधाज्ञा थप गर्ने तयारी गरेको हो । बैठक अहिले पनि जारी छ । भदौ ३ गतेदेखि सुरु गरिएको निषेधाज्ञा भदौ १० गते पुनः थप गरिएको थियो ।

अत्यावश्यक सेवालाई भने सुरक्षा सर्तकता अपनाउँदै सुचारु गर्ने अनुमति यथावत् रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्