फर्जी विद्यालय बेचविखनमा संलग्नहरुलाइ उन्मुक्ति दिने कार्य भैरहेको भन्दै नेकपा शुक्लाफाँटाको ध्यानाकर्षण

मुकेशप्रसाद जोशी, कंचनपुर

शुक्लाफाँटा नगरपालिकामा फर्जी विद्यालय बेचविखनमा संलग्न दोषीहरुलाइ कारबाही गर्न गरिएका सम्झौता र सहमतिमा आघात पुग्ने गरि नगरकार्यपालिकाले भदौ १५ गते गरेको निर्णयप्रती नेकपा शुक्लाफाँटाले आपत्ती जनाएको छ ।

भदौ १७ गते नेकपा शुक्लाफाँटाले प्रेस विज्ञप्ति निकाल्दै उक्त बेचविखत कार्यमा संलग्न दोषीहरूलाई हदैसम्मको कारवाहीको माग राख्दै नगरपालिका को ध्यानाकर्षण गराएको छ ।

शुक्लाफाँटा नगरपालिका १० – मा दर्ता भएको खप्तड शिक्षा सधन नामक निजी विद्यालयलाई शुक्लाफाँटा नगरपालिका नगर प्रमुख दिल बहादुर ऐर र शिक्षा शाखा प्रमुख टेकेन्द्र भट्टले बेलौरी नगरपालिका ४ -मा सिफारिस गरेका थिए ।

सञ्चालनमा नरहेको नक्कली विद्यालय सिफारिस गरेको भन्दै कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका नगर प्रमुख दिल बहादुर ऐर र शिक्षा शाखा प्रमुख टेकेन्द्र भट्टलाई नगरकार्यापालिकाले कारबाही सिफारिस गरेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्