नेपालबाट बाहिरियो यस वर्षको मनसुन, औसत मितिभन्दा १२ दिन ढिला

काठमाडौँ – यस वर्षको मनसुन नेपालको सबै भूभागबाट बाहिरिएको छ। मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज असोज २८ गतेदेखि मनसुन पूर्ण रूपमा बाहिरिएको जानकारी दिएको हो। महाशाखाका अनुसार यसअघि असोज १७ गते सुदूरपश्चिम र कर्णाली प्रदेशका साथै लुम्बिनी प्रदेशको पश्चिमी भूभागका केही स्थान तथा गण्डकी प्रदेशको पश्चिमी भूभागका केही स्थानबाट मनसुन बाहिरिएको थियो। बाँकी भूभागबाट भने आज मनसुन बाहिरिएको हो।

सामान्यतया नेपालमा मनसुन १३ जुनमा भित्रिएर २ अक्टोबरमा बाहिरिने गर्छ। तर यस वर्ष जुन १९ अर्थात् असार ५ गते नेपाल भित्रिएको मनसुन औसत मितिभन्दा १२ दिन ढिला गरी बाहिरिएको महाशाखाले जनाएको छ।

यस वर्षको मनसुन अवधिमा औसतको आसपास वर्षा भएको छ। मनसुन बाहिरिए पनि स्थानीय र पश्चिमी वायुको प्रभावका कारण विभिन्न स्थानमा वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्