रास्वपाको उम्मेदवार बन्न वैवाहिक अवस्थादेखि आर्थिक शुद्धतासम्मको स्वघोषणा अनिवार्य प्रस्ताव

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी निर्वाचनका लागि उम्मेदवार छनोट मापदण्डमा वैवाहिक अवस्थाको कानुनी स्पष्टता, आर्थिक शुद्धता र आचरणसम्बन्धी प्रावधान प्रस्ताव गरेको छ। पार्टीले तयार पारेको उम्मेदवारको योग्यता तथा छनोटसम्बन्धी मापदण्डमा उम्मेदवारको पारिवारिक तथा वैवाहिक अवस्था कानुनी रूपमा पूर्ण वैध र स्पष्ट रहेको तथा यससम्बन्धी कुनै कुरा लुकाइएको वा विवादित नरहेको स्वघोषणा गर्नुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ।

त्यस्तै, उम्मेदवार आर्थिक रूपमा स्वच्छ हुनुपर्ने प्रावधान पनि राखिएको छ। मिटरब्याज, सट्टेबाजी, हप्ता असुली, ढुकुटी, हुन्डीलगायत अनौपचारिक तथा अवैध आर्थिक कारोबार वा सहकारी संस्थाको बचत अपचलनमा प्रत्यक्ष वा अप्रत्यक्ष संलग्न नरहेको स्वघोषणा गर्नुपर्ने प्रस्ताव गरिएको छ।

मापदण्डमा घरेलु हिंसा, यौनजन्य दुर्व्यवहार तथा सार्वजनिक स्थलमा अमर्यादित व्यवहारमा संलग्न नरहेको हुनुपर्ने व्यवस्था पनि समेटिएको छ। साथै, सामाजिक सञ्जालको दुरुपयोग गरी साइबर दुर्व्यवहार, चरित्र हत्या, अनलाइन ठगी वा अन्य डिजिटल अपराधमा संलग्न नरहेको स्वघोषणा गर्नुपर्ने प्रस्ताव गरिएको छ।

यी प्रावधान रास्वपाले तयार पारेको उम्मेदवार छनोट मापदण्डमा प्रस्ताव गरिएका व्यवस्था हुन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्