रु. २९ करोड १६ लाख ८२ हजार राजस्व सङ्कलन

नरेश जोशी, बैतडी

बैतडीमा आर्थिक वर्ष २०७६/७७ मा कूल रु २९करोड १६लाख ८२ हजार ५ सय ९३ रुपंया राजस्व सङ्कलन भएको कोष तथा लेखा नियन्त्रक कार्यालय बैतडीले जनाएको छ ।

गएको आर्थिक बषर्मा मा चैत महिनाको ११ गतेदेखि शुरु भएको बन्दाबन्दीले आर्थिक क्रियाकलाप ठप्प हुनु, निर्माणको कार्य रोकिनु, बजार बन्द रहनुले पनि राजस्व कम उठेको प्रमुख सिद्धराज भट्टले जानकारी दिएका छन । उनले गएको वर्षमा पूँजीगत बजेट रु तीन अर्ब ९१ करोड ६७ लाखमा २६ हजार खर्च भएको जानकारी दिएका छन। सोही वर्ष चालूतर्फ रु ५० अर्ब २५ करोड ३४ लाख बजेटमध्ये रु ४७ अर्व ८२ करोड ५९लाख ५८ हजार खर्च भएको बताइएको छ । गत बर्ष भने ६२ प्रतिशत प्रगति हासिल भएको भट्टले बताउनु भयो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्