काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सोमबार सुरु भएको बन्द सत्रमा चारवटा प्रतिवेदन पेस भएका छन् ।
कांग्रेसको बन्द सत्रमा चार प्रतिवेदन पेस
बन्द सत्रमा सभापति गगन थापाले राजनीतिक प्रतिवेदन, उपसभापति विश्वप्रकाश शर्माले समसामयिक प्रतिवेदन, महामन्त्री गुरुराज घिमिरेले सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष उमेश श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका हुन् ।
पेस भएका चारवटै प्रतिवेदनमाथि बन्द सत्रमा छलफल भइरहेको छ । कांग्रेसले बन्द सत्रका लागि तीनवटा हलको व्यवस्था गरेको छ । तराई, पहाड र हिमाल गरी तीनवटा हलमा प्रतिनिधिहरूले प्रतिवेदनमाथि छलफल गरिरहेको कांग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिनुभयो ।
बन्द सत्रमा प्रस्तुत प्रतिवेदनमाथि प्रतिनिधिहरूबाट सुझाव तथा धारणा लिने क्रम जारी रहेको छ।