यस्तो छ कांग्रेसको १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका

काठमाडौं – काठमाडौंमा जारी नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत निर्वाचन कार्यक्रमको कार्यतालिका सार्वजनिक भएको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिले आइतबार निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो । निर्वाचन कार्यतालिकाअनुसार सोमबार मतदाता नामावली प्रकाशन गरिनेछ । सोही दिन मतदाता नामावलीमाथि दाबी–विरोध, दाबी–विरोधमाथि जाँचबुझ तथा अन्तिम मतदाता नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको छ ।

मंगलबार उम्मेदवारीका लागि दरखास्त तथा मनोनयन दर्ता गरिनेछ । त्यसपछि उम्मेदवारहरूको प्रथम नामावली प्रकाशन, उम्मेदवारको दरखास्तमाथि दाबी–विरोध, दाबी–विरोधमाथि जाँचबुझ तथा उम्मेदवारको दोस्रो नामावली प्रकाशन गरिने निर्वाचन समितिले जनाएको छ ।

बुधबार उम्मेदवारले नाम फिर्ता लिने तथा उम्मेदवारी सच्याउन निवेदन दिने समय तोकिएको छ । सोही दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी प्रचार–प्रसारका लागि समय प्रदान गरिनेछ । निर्वाचन समितिका अनुसार बिहीबार मतदान हुनेछ । यससँगै कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत निर्वाचन प्रक्रिया अघि बढ्नेछ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्