यि हुन् विश्वकै बलिया ब्यक्ति, जसले ५ सय १ किलो वजन उचाले

काठमाडौं – चलचित्रकर्मी हाफ्तर बोर्नसन ५ सय एक किलो वजन उचालेर विश्वको हालसम्मकै भारी वस्तु उचाल्ने व्यक्ति बनेका छन् ।

सन् २०१८ मा आफुलाई विश्वकै बलियो व्यक्ति प्रमाणित गरिसकेका बोर्नसनले अहिलसम्मकै धेरै वजन उचालेर विश्व किर्तिमान बनाएका हुन् ।

६ फिट ९ इञ्च अग्ला र खाइलाग्दो ज्यान बनाएका बोर्नसनले आइसल्याण्ड स्थित आफ्नै व्यक्तिगत जिमखानामा त्यो तौल उचालेका हुन् ।

बोर्नसनले भारत्तोलन खेलमा प्रयोग गरिने जस्तै फलामको चक्कालाई दुई सेकेण्ड सम्म उचालेका थिए ।

यसअघी सन् २०१६ मा बेलायतका एडी हलले ५०० किलो वजन उचालेर किर्तिमान बनाएका थिए । किर्तिमान बनाएसंगै बोर्नसनले अझ धेरै वजन उचाल्ने प्रयास गर्ने प्रतिक्रिया दिएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्