मलेसियामा कोरोनाको संक्रमण कम गर्न आप्रवासी कामदारहरु पक्राउ

काठमाडौं – देशमा कोभिड–१९ को संक्रमण फैलने क्रम नरोकिएपछि मलेशिया सरकारले अनधिकृतरुपमा बसोवास गरिरहेका आप्रवासी कामदारहरुलाई पक्राउ गर्न शुरु गरेको छ ।

लकडाउनकै बीच राजधानी क्वाला लम्पुरमा शुक्रवार शुरु गरिएको विशेष कारबाहीमा प्रहरीले इजाजतको म्याद सकिएका तथा इजाजत नभएका कामदारहरुलाई पक्राउ गरेको छ । त्यस्ता कामदार कहाँ जान्छन्, बस्छन र के गर्छन् भन्ने एकिन गर्न कठिनाइ हुने भएकोले पक्राउ गरिएको त्यहाँका प्रहरी प्रमुखले बताएका छन् ।

कुन–कुन देशका र कति संख्यामा कामदारहरु पक्राउ परे भन्ने केहि नखुलाइएको भएपनि मलेशियाको सरकारी समाचार संस्थाले जारी गरेको तस्वीरहरुमा पिपिइ लगाएका सुरुक्षाकर्मीहरुले छापा मारेर ठूलो संख्यामा कामदारहरुलाई नियन्त्रणमा लिएको देखिएको छ ।

संयुक्त राष्ट्र संघले नियन्त्रणमा रहेका बालवालिका, तीनका आमा र कमजोर अवस्था भएकाहरुलाई मुक्त गर्नमलेशिया सरकारलाईआग्रह गरेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार मलेशियामा कोभिड–१९ संक्रमण भएर हालसम्म एक शय तीन जनाको मृत्यु भएको छ भने ६ हजार १ सय ७६ जनामा संक्रमण पुष्टि भएको छ । –एजेन्सी

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्