रेडियो नेपालकी प्रथम गायिका रानुदेवी अधिकारीको निधन

काठमाडौं – रेडियो नेपालकी प्रथम गायिका रानुदेवी अधिकारीको ८६ वर्षको उमेरमा गए राती काठमाडौंमा निधन भएको छ ।

उनको पार्थिव शरीरलाई पशुपति आर्यघाटमा दाह संस्कार गरिएको उनकी कान्छी छोरी अल्पना रेग्मीले जानकारी दिइन् ।

रेडियो नेपालको प्रथम गायिका अधिकारीले विराटनगरमा स्थापित प्रजातन्त्र रेडियोमा क्रान्तिका गीत गाएकी थिइन् । उनलाई सास फेर्न कठिन भएपछि अस्पताल लैजाने क्रममा बाटो नै निधन भएको थियोे । उनका दुई छोरी र एक छोरा छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्