श्रमिकलाई अभिलम्ब राहतको व्यवस्था गर्न देउवाको माग

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले लकडाउनका कारण श्रमिकले कष्टकर स्थिति भोगिरहेकाले अभिलम्ब राहतको व्यवस्था गर्न सरकारसँग पुनः आग्रह गरेका छन् ।

शुक्रबार १ सय ३१ औं अन्तराष्ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना दिँदै सभापति देउवाले लकडाउनका बेला श्रम गरेर गुजारा गर्ने श्रमिकहरुको जीवन खाद्यान्न लगायत अन्य अत्यावश्यक वस्तुको अभावमा अझ बढी कष्टकर हुन पुगेको बताएका हुन् ।

’श्रमिकको यो कष्टकर जीवनका सम्बन्धमा नेपाली काँग्रेसले बारम्बार सरकारको ध्यानाकर्षण गराउँदै आएको छ । लक डाउनका कारण श्रमिकले कष्टकर स्थिति भोगिरहेका बेला उनीहरुलाई अभिलम्व राहतको व्यवस्था गर्न म सरकारसँग पुनः आग्रह गर्दछु,’ देउवाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

कांग्रेस र मजदूरहरु सधैं एक अर्कामा आवद्ध भएर एक अर्काका अनन्य सहयोगी रहेको देउवाको भनाइ छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्