बलिउडका चर्चित अभिनेता ऋषि कपुरको ६७ वर्षको उमेरमा निधन

काठमाडौं – बलिउडका चर्चित अभिनेता ऋषि कपुरको निधन भएको छ ।

क्यान्सरबाट पीडित कपुरको ६७ वर्षको उमेरमा बिहीबार निधन भएको हो । उनी अस्वस्थ भएपछि बुधबार अस्पताल भर्ना गरिएको थियो ।

भाइ रणधीर कपुरका अनुसार ऋषिलाई क्यान्सर र स्वासप्रश्वाससम्बन्धी समस्या थियो । अमेरिकामा करिब एक वर्षसम्म क्यान्सरको उपचार गराएपछि उनी गत वर्ष सेप्टेम्बर महिनामा भारत फर्किएका थिए । फेब्रुअरी महिनामा पनि स्वास्थ्य बिग्रिएपछि उनलाई दुई पटकसम्म अस्पताल भर्ना गर्नु परेको थियो ।

अभिनेता कपुरले खेल खेल मे, कभि कभि, हम किसी से कम नहीं, अमर अक्बर एण्ड एन्थोनी, आपके दिवाने, कर्ज लगायतका दर्जनौ चलचित्रमा अभिनय गरेका थिए ।

बुधबार मात्रै बलिउड फिल्मी जगतका अर्का एक हस्ती इरफान खानको क्यान्सरकै कारण निधन भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्