धारचुलाको क्वारेन्टाइनमा रहेका नेपालीहरु नेपाल प्रवेश गर्न थाले

दार्चुला – महाकालीपारी धारचुलाको क्वारेन्टिनमा रहेका नेपालीहरू आज स्वदेश फर्किदै छन् । दार्चुला र बैतडीका तिनै नाकाबाट उनीहरुलाई नेपाल प्रवेश गराएको हो ।

उनीहरूले दार्चुलाको पुलघाट र दत्तु नाका तथा बैतडीको झुलाघाट नाकाबाट प्रवेश पाएका छन् ।

एक महिना भन्दा बढी भारतको पिथौरागढको विभिन्न स्थानमा क्वारेन्टिनमा बसेका उनीहरूलाई दुबै पक्षबिच सहमति भएपछि बिहिबार नेपाल फर्काउन निर्णय भएको थियो । क्वारेन्टिनमै दैनिक स्वास्थ्य परीक्षण गरिएपनि सुरक्षाका लागि नेपालमा पनि उनीहरूको स्वास्थ्य परीक्षण हुने स्थानीय प्रशासनले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्