मलाई राष्ट्रपति बन्न नदिन चीनले जे पनि गर्न सक्छः ट्रम्प

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले आफूलाई राष्ट्रपति बन्नबाट रोक्न जे पनि गर्न सक्ने बताएका छन् । रोयटर्सलाई दिएको अन्तर्वार्तामा ट्रम्पले चीनले आफूलाई दोस्रोपटक अमेरिकाको राष्ट्रपति बनेको हेर्न नचाहेको बताए । उनले अहिले चीनले कोरोना भाइरस (कोभिड(१९) नियन्त्रणको लागि चालेको प्रयास यसको एक प्रमाण रहेको बताए ।

ट्रम्पले कोरोना भाइरसको विश्वव्यापी महामारीको लागि लगातार चीनलाई आरोप लगाउँदै आएका छन् । अमेरिकामा अहिलेसम्म यो महामारीको कारण ६१ हजारभन्दा धेरै मानिसको मृत्यु भइसकेको छ । त्यसका साथै अर्थतन्त्रमा पनि ठूलो गिरावट आएको छ भने बेरोजगारी पनि ऐतिहासिक रुपमा बढेको छ ।
ट्रम्पमाथि कोरोना भाइरसको महामारीलाई गम्भीररुपमा नलिएको आरोप लागेको छ ।
पछिल्लो समय अमेरिका र चीनको बीचमा महामारीको विषयलाई लिएर द्वन्द्व बढेको छ । आगामी नाभेम्बरमा अमेरिकामा राष्ट्रपतीय निर्वाचन हुँदैछ । यो निर्वाचनमा ट्रम्पका प्रतिस्पर्धीको रुपमा डेमोक्रेटिक पार्टीका जोन बाइडन रहनेछन् । स्रोतः बीबीसी

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्