कोरोनाका कारण अबको २–३ वर्ष अन्तर्राष्ट्रिय फुटबल तालिका प्रभावित हुने

काठमाडौं – कोरोना भाइरसका कारण अन्तर्रा्ष्ट्रिय फुटबलको तालिका केही बर्ष प्रभावित हुने भएको छ । युरोपेली फुटबल महासंघ यूईएफएको कार्यकारी समितिले आउदो २ देखि ३ बर्षसम्म खेल तालिका प्रभावित हुने जनाएको हो ।

युरोपेली लिगका अध्यक्ष लार्स क्रिष्टर ओल्सोनले अहिले ‘पर्ख र हेर’ को अवस्था रहेको बताउदै सन् २०२२ को कतार विश्वकपसम्मको अवस्थालाइ पुनर्विचार गर्नुपर्ने स्थिति रहेको बताएका छन् ।

तर च्याम्पियन्स र युरोपा लिग भने आउदो अगष्टसम्ममा सम्पन्न गर्ने आशा गरिएको लार्सको भनाइ छ । अबको मे महिनाको अन्त्यसम्ममा दुवै लिग सञ्चालन गर्न सकिने वा नसकिने बारेको निर्णय हुने पनि यूईएफएले जनाएको छ ।

यसैबीच म्यानचेष्टर क्लबका प्रमुखले आन्तरिक प्रतियोगिताहरु सञ्चालनमा अझै अनिश्चितता रहेको बताएका छन् । युरोपकै अर्को राष्ट्र फ्रान्सले आउँदो सेप्टेम्बरसम्मका लागि सबै खेल प्रतियोगितामा बन्देज लगाएपछि त्यहाँको लिग १ र २ यस सिजनमा नहुने भएका छन् ।–NTV

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्