जापान सरकारको उत्कृष्ट विभुषणबाट काँग्रेस नेता पौडेल सम्मानित

काठमाडौँ – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई जापान सरकारले उच्च सम्मान दिने भएको छ ।

जापान सरकारको उत्कृष्ट विभुषण (ग्राण्ड कोर्डन अफ द अर्डर द राइजिङ सन) पौडेललाई दिने निर्णय गरेको नेपालस्थित जापानी दूतावासले बुधबार निकालेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

जापान–नेपाल सम्बन्धलाई प्रगाढ बनाउन सहयोग गरेको भन्दै जापान सरकारले उक्त सम्मान ७६ वर्षीय कांग्रेस नेता पौडेललाई दिन लागेको हो ।

पौडेलले जापान सरकारले आफूलाई सम्मान दिन लागेकोमा धन्यवाद व्यक्त गरेका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्