सर्वप्रिय कलाकार तथा बरिष्ठ निर्देशक धितालले जनहितकोलागि शिवको भेषमा गरे यस्तो भविष्यवाणी

काठमाडौँ – सिंगो नेपाली कलाकारीता क्षेत्रमा आफ्नो छुट्टै पहिचान र अतुलनीय योगदान दिएका सर्बप्रिय बरिष्ठ निर्माता/निर्देशक तथा गायक/ नायक हाेम धितालले कलियुग भविष्यवाणी गर्नुभएको छ । उहाँले विभन्न अध्ययन र अनुसन्धानबाट कलियुग भविष्यवाणी बेद महापुराण शास्त्र लेख्नुभएकाे छ । उहाँले शास्त्रको सारांस सार्वजनिक गरे पनि पुरै किताब भने केहि समयपछि मात्रै सार्वजनिक हुने बताएका छन् । देश र जनताको हकहितकोलागी तयार पारिएको भविश्य बाणीमा कुनै धर्म र जातभात नछुट्टाइएको लेखक धितालले जानकारी दिनुभयो । धिताल मिडियाकर्मी समेत हुन् । उहाँले अहिलेसम्म ३५ सय भन्दा माथी म्यूजिक भिडियो तथा चलचित्र निर्देशन गर्नुभएको छ भने २०० भन्दा माथी चलचित्र तथा म्यूजिक भिडियोमा अभिनय रहेको छ । २०० भन्दा बढी कलाकारहरुलाइ जन्माउनु भएको धितालले बिश्व Guiniss World Record को इतिहासमा ५ घण्टा १४ मिनेट २३ सेकेन्डको म्यूजिक भिडियो निर्देशन गरेर आफ्नो नाम दर्ज गराउनुभएको छ ।  बहुप्रतिभाशाली कलाकार धिताल सामाजिक अभियान्ता समेत हुन् । उहाँ धिताल फिल्मस् प्रा.लि.का संचालक समेत हुन् ।

उहाँले लेख्नुभएको  कलियुग भविष्यवाणी बेद महापुराण शास्त्रको सारांश यस्तो छ । 

कलियुग भविस्यवाणी महाबेद पुराण सास्त्र संचिप्तमा आजबाट सार्वजनिक, कृपया पुरै अध्यान गरेर मात्र प्रतिकृया दिनुहोला ।

महोदय,
अब कलियुगको अन्त्य हुदै विश्वयुद्ध सुरु हुने देशका युवा शक्ति लगायत ८०% कलाकारहरु ५ वर्ष भित्र विदेश पलायन हुदै । सनातन धर्म र कला संस्कृती शुन्यमा आउने । बेरोजगार र आर्थिक मन्दिका कारण डिप्रेसन फ्रस्टेसनको शिकारबाट धेरै व्यक्तीले ज्यान गुमाउनुको साथै दुःख कष्ट भोग्नु पर्ने । सुप्रसिद्ध स्थान राजधानीको मुटु हराभरा काठमाण्डौ सहर पनि गाउँघर जस्तै सुनसान र मानवै नभएको जस्तो दिन प्रतिदिन बिरानो बस्तीमा रुपान्तरण हुदै कालो बजारी र भ्रष्टचारी नेताहरुको अन्त्य हुनुको साथै जनताहरु दिन प्रतिदिन लोप हुदै गएको नेपालमा पुन राजसंस्थाको उदय हुने ।
कलिको अर्थ हो कलंक दरिद्रता । सधै लडाइ झगडा अभाब तनाव मात्र हुनेछ । कलि एक पटक महा प्रलय उल्का र अचम्म संग बौलाउदै छ । पापले चरम सिमा नाघ्यो मानिसहरुले गरेको बिपरित कर्मको फल दिनको लागी प्राकृतिक प्रकोप महा भुकम्प बाढी पहिरो कोरोना, डेङ्गो हृदयघात अन्य प्राण घातक रोग तथा संक्रमण दुर्घटना अकाल मृत्यु, आन्दोलन, लडाइ झगडा हत्या हिंसा, बलात्कार, लुटपाट जस्ता अनैतिक तथा अकल्पनिय घटनाहरु दिन प्रतिदिन बढ्दै जानेछ, रोकिने छैन ।
घामको तेज तथा तापक्रम १२ गुना भन्दा माथि हुने छ । पानी पर्न छोड्ने छ । खोला नाला मुलहरु सुक्दै जाने छन् । जमिन सुख्खा भएर चर्कने फुट्ने छ । किसानहरुको खेतबारीमा अन्नबालीहरु उत्पादन हुन छोड्ने छन् । अर्थतन्त्र पनि शुन्यमा आउनेछ । मानिसहरु सबै डिप्रेसन(अवसाद)को सिकार हुने छन् चोक चोक चौबाटो गल्ली गल्लीमा बौलाउदै हिड्ने छन् । भोकमरी लाग्ने छ अन्न पानी खान नपाएपछि कन्दमुल झारपात खानेछन् । झारपात पनि नभेटेपछी माटो खान थाल्नेछन् । त्यसपछि मानिससंग मानिस नै डराउनु पर्ने छ । ठूलो माछाले सानो माछालाइ खाय जसै गरी मान्छेले मान्छे नै खान थाल्नेछन् । यो परिस्थीतीले पनि कलिको अन्त्य नभए श्री हरी विष्णु भगवानको १० अवतार मध्य पहिलो मछ्य रुप लिनुभएको थियो भने, दैत्य दानवहरुको संहार तथा प्रकृतीको सन्तुलनको लागी नरसिंह, मोहीनी, बामन, श्री राम,
श्री कृष्ण, परशुराम, कुर्म, बराहा, बुद्ध लगायतका अनेकौ अवतारहरु लिनुभएको थियो भने अब पुनः मानवको रुप धारण गरेका अधर्मी दानवहरुको संहार तथा प्रकृतीको सन्तुलनको लागी अन्तिम कल्की रुप धारण गरी कलिको अन्त्य गर्नुहुनेछ । त्यसपछि नयाँ युगको प्रारम्भ हुनुको साथै पुनः सत्य युगमानै परिणत हुनेछ । सनातन धर्म मात्र मान्नेछन् । अरु कुनै पनि धर्म हुने छैन । प्रकृतीलाइ सुहाउने सुन्दर शान्त संसारको निर्माण हुने छ ।
कायेन वाचा मनसेन्द्रियैर्वा ।
बुद्ध्यात्मना वा प्रकृतिस्वभावात् ।
करोमि यद्यत्सकलं परस्मै ।
नारायणयेति समर्पयामि ।।
मानवता नै हराउदै गएकोले कलियुगको आयु चार लाख बत्तिस हजार पौराणिक धार्मिक सास्त्रमा उल्लेख भएता पनि पापले चरम सिमा नाघ्यो । कलि अहिले ५ हजार, केहि बढी बर्षमा प्रवेश गरेको छ बाँकी आयु ४ लाख २७ हजार बर्ष हुन पर्नेमा एउटा गौहत्या गरेको पापले मात्र १ लाख बर्ष आयु घट्छ भने अन्य सबै पापहरु जोड्दा लगभग सबै आयु सकिसक्यो । यहि कारणले युग र मानिसहरुको आयु पनि छोटिदै गएको हो । जस्तो कर्म गर्यो त्यस्तै फल यहि जन्ममा भोग्नु पर्छ र अर्को जन्ममा पनि भोग्नु त छदैछ । सबैको सद्बुद्धी आओस् जगतको रक्षा गर्नुस् ओम नमो नारायाण
यो चार महायुग (सत्य, त्रेता, द्वापर र कलि) मध्य कलियुग अन्तिम युग हो ।
सत्ययुगमा मानिसहरु भगवानसंग प्रतक्ष कुरा गर्दथे ।
सत्ययुगको आयु १७ लाख २८ हजार मानिसहरुको आयु हजारौ हजार बर्षसम्म । मानिसको लम्बाई ३२ फिट (२१ हात) पाप छैन ।
सत्ययुगमा धर्म १०० % पाप छैन
त्रेतायुगको आयु १२ लाख ९६ हजार । मानिसको लम्बाई २१ फिट (१४ हात)
त्रेतायुगमा धर्म ७५% पाप २५%
द्वापरयुगको आयु ८ लाख ६४ हजार । मानिसको लम्बाई ११ फिट (७ हात)
द्वापरयुगमा धर्म ५०% पाप ५०%
कलियुगको आयु ४ लाख ३२ हजार बर्ष । मानिसको लम्बाई ५ फिट ५ इन्च (साडे तिन हात)
कलियुगमा धर्म २५% पाप ७५%
धार्मिक शास्त्रमा २५% धर्मात्मी मानिसहरु छन् भने पनि मेरो अध्यान र अनुसन्धानमा ९८% मानिसहरु गलत साबित भएका छन् भने अब यो धर्तीमा २% मात्र सत्कर्म गर्ने आदरणिय सज्जन तथा प्रिय भक्तजनहरुले यो सृष्टीलाइ बचाई टिकाइ राख्नु भएको छ । त्यसैले त भगवान भन्दा पनि सर्वश्रेष्ठ ठूलो सच्चा भक्तलाइ मानिन्छ । यस्ता साक्षात प्रतक्ष भगवान प्रति कोटी कोटी नमन छ ।
जय श्री रिद्धि सिद्धि गणेशाय नमः
जय श्री सीता राम
पवनकुमार महाबिर हनुमान
ॐ नमो भगवते बासुदेवाय
ॐ श्री लक्ष्मी नारायण
राधेकृष्ण राधेकृष्ण
ॐ नमः शिवाय
ॐ गौरी शंकराय नमः
ॐ महाकालाय नमः
हाम्रो प्रिय राजधानीको मुटु हरा भरा काठमाण्डौँ सहर पनि एक दशक भित्र गाउँ घर जस्तै सुनसान र मानवै नभएको जस्तो दिन प्रतिदिन बिरानो बस्तीमा रुपान्तरण हुदै ।
नेपालका १४ अञ्चल ७७ जिल्लाका मानिसहरु विविध विषयका सपनाहरु बोकेर काठमाण्डौ सहरमा फेसनको रुपमा भित्रिने प्रचलन थियो साथै विदेशबाट पनि पर्यटकहरु भ्रमणका लागी आउने गर्थे तर अहिले आएर लोप हुदै गएको छ । सहर भित्रनै थोरैको सपना पुरा भयो त धेरैको सपना सपनामा नै सिमित भएर निरासामा परिणत भयो कतिपयलाई त बिहान बेलुका हात मुख जोड्न गाह्रो छ ।
राष्ट्रका गहना भनिएका महान कलाकारहरुलाइ पनि राज्यले ब्यवास्था गर्यो । बिरामी, आपत विपत पर्दा ९०% बास्तबिक कलाकारहरुको आर्थिक स्थीती कमजोर छ । विभिन्न संघ संस्था तथा राज्यले यति सम्म क्षमता भएको कलाकारलाइ प्रबेश गर्न पाउने भनेर कुनै पनि नियम तथा मापदण्ड छुट्याउन सकेन । भाइरलको पछि लाग्ने अनि कलाकार कलाकर्मी बिच खुट्टा तान्ने प्रचलनले गर्दा सिंगो नेपाली गीत संगीत तथा चलचित्र क्षेत्र (समग्र कलाक्षेत्र) मा नक्कली कलाकारहरुको बिग्बीगीले गर्दा ८० % कलाकारहरु बिदेश पलायन हुदै । यूवा युवतीहरुलाइ स्वरोजगार दिनुको सट्टा आम जनता लगायत भर्खर जन्मिएका बालबालिकाको थाप्लोमा पनि ऋणको भारी सरकारले नै बोकायो । सम्बन्धित निकायको ध्यानाकर्शण रहोस् । देश बेचेर खाने भ्रष्ट नेताहरुको फोहोरी खेलको राजनिती समाप्त हुनुको साथै पुन राज सस्थाको उदय हुने ।
सटर भाडामा लिएर विविध समाग्रीहरुका होलसेल तथा खुद्रा ब्यवसायी एवम् होटल रेष्टुरेन्ट सञ्चालन गर्नेहरुलाइ अनलाइन ब्यवसाय गर्नेहरुले खायो बाटोमा साना तथा नाङ्लो ब्यवसाय गर्नेहरुलाइ नगर सरकारले खायो । भाडाको ट्याक्सी तथा अन्य भाडाका यातायातहरुलाइ पठाओले खायो । भाडामा बस्ने मानीसहरुलाइ घरबेटी तथा कालो बजारीले खायो । यस कारण मासिक २० देखी ५० हजार सम्म आयस्रोत गर्ने मानिसहरु काठमाण्डौमा कसरी बस्न सक्छ । सामानको मूल्य आकाशियो पैसाको मुल्य भएन । यहाँ बस्नलाइ ४ देखी ५ जना ब्यक्ती भएको परिवारमा कम्तीमा पनि १ लाख देखी २ लाख सम्मको आम्दानी हुनु पर्नेछ ।
१. बाटोमा मानिसहरु र गाडी फाट्ट फुट्ट मात्र देखिने छ ।
२. पसलहरु पनि कता कतै मात्र हुनेछन् । आफुलाइ आवश्यक परेको सामाग्रीहरु पाइने छैन ।
३. लास उठाउन पनि मलामीहरुले मुल्य तोक्ने छन् ।
४. सञ्चार माध्यमका रेडियो टेलिभिजन पत्रपत्रिकाहरु लोप हुनेछन् ।
५. दिउसै हिड्न पनि डर त्रास, फटाहाहरुको बिगबिगी र लडाइ झगडा मात्र हुने छ ।
६. बुवाआमाहरुले भनेको छोरा छोरीहरुले मान्ने सुन्ने छैनन् । उल्टो हात मुख छाड्ने छन् ।
७. प्रेम विवाह गरेर ल्याएको श्रीमती छ भने पनि श्रीमानको आर्थिक स्थीती कमजोर छ भने देखी जो धनवान जो बलवान छ उसैसंग जान्छिन् ।
धर्मको बिरोध गर्ने झुट बोल्ने अरुको कुरा काट्ने अरुकै प्रगती देख्न नसक्ने, अरुलाई दुःख दिएर आँफु मात्र
भौतिक सुख सुबिधा खोज्ने मानिसलाइ पनि घोर पापको दर्जामा राखिएको छ ।
तपाइ हद भन्दा बढी कोही कसैलाइ माया प्रेम गर्नु हुन्छ, यो त मेरो आफ्नै मान्छे त होनी भनेर आफ्नो गोप्य पोल खोल्नु हुन्छ भने मन मुटाव भएको दिन त्यही विषयलाइ प्रयोग गरेर तपाइलाइ समाप्त पार्छ ।
पूर्व जन्ममा बिभिन्न योनिमा ८४ लाख जुनी भोगेर पार गरी जान अञ्जानमा गरेको पापलाइ सतकर्म गरेर पखाल्न र फेरी अर्को जन्म लिन नपरोस यो दुःख कष्टको भवसागरबाट मुक्ती पाओस् भनेर भगवानले एउटा ठूलो अवसरको रुपमा यो दुर्लभ मनुष्य चोला दिनुभयो तर यो धर्तिमा घामछायाँ जस्तै दुइ दिनको पाहुना तथा अपार चुनौती र ठूलो परिक्षा दिन र चौरासी भोग्ने यात्राको क्रममा संसारिक माया प्रेममा फसेर अल्झेको छ मानिस । त्यसैले परिक्षामा पास भएर गन्तब्यमा पुगी सुख प्राप्त गर्ने की फेल भएर विच बाटोमा अल्झी दुःख कष्ट झेल्ने त्यो हर मानिसहरुको आफ्नै हातमा हुन्छ । संसारमै भगवान खोजेर कहिँ पनि पाइदैन, आफ्नो लागी सबै भन्दा ठूलो भगवान स्वयं आँफै हो । खुसी अरुसंग खोजेर पाइदैन प्रयाप्त मात्रामा आफैसंग हुन्छ ।
आत्मा र परमात्मा बाहेक यहाँ कोही कसैको पनि आफ्नो हुदैन । हुन्छ त केबल स्वार्थको लागी मात्र । संसार झुटो छ सत्य भनेको त राम नाम, जन्म र मृत्यु मात्र हो । मानिस त एउटा माध्यम मात्र हो अरुत सबै प्रभुको अपरंपार लिला चमत्कारको दृश्य मात्र हो । मरेपछि सक्किगोनी भन्ने चलन छ तर त्यो गलत हो मरेपछि त बल्ल सुरु हुन्छ ।
लुगा पुरानो भएर फाटेपछि त्यसलाइ फ्याकेर नयाँ लगाइन्छ हो यो मानव चोला पनि २ दिनको घाम छायाँ जस्तै हो । मृत्यु पस्चात भौतिक सरिर मात्र नस्ट हुन्छ तर आत्मा त हजारौ जन्म जन्मान्तर सम्म मर्दैन । लुगा फेरे जस्तै आत्माले पनि आफुले गरेको कर्मको आधारमा विभिन्न योनीमा पुनर्जन्म लिदै जान्छ । उसको सपनाहरु पुरा नभइ मृत्यु भएको भए मानव चोलामा नै पुनर्जन्म लिन्छ । बाचुन्जेल यति सत कर्म गरेको भए अर्को जन्म लिन पर्दैन मुक्ती मिल्नेछ ।
आफ्नै भौतिक शरीर त आफ्नो होइन आमा बुबा दाजु भाइ तथा दिदी बहिनी श्रीमती छोरा छोरी इस्ट मित्र प्रेमी प्रेमीका नाता गोता साथी भाइ यी सबै देखावटी संसारी माया प्रेम र भ्रम मात्र हो धन सम्पत्ती भौतिक सुख सुबिधाका साधनहरु तथा नजरले देखेको कुनै बस्तु पनि सत्य होइन यो त चौरासी लाख जुनी भोगे पस्चात पुन यात्राको क्रममा यो धर्तीमा मानव
चोलामा एउटा संयोगले मात्र भेट हुन गएको हो । जीन्दगीको सुरुवात हरेक पुनर जन्ममा हुन्छ तर यात्राको अन्त्य भने कहिल्यै रोकिने छैन युगौ युग सम्म पनि जीन्दगीको सुरुवात छ अन्त्य कहिल्यै छैन ।
आत्मा कर्मको आधारमा तीन प्रकारले बाडिन्छ
१. सतकर्म गर्ने ब्यक्तीको आत्मा श्रीहरी बिष्णु भगवानको बैकुण्ठ धाम, गोकुलधाम तथा शिवलोक प्राप्त गर्नुको साथै जन्म र मरणको चक्रबाट मुक्ती मिल्छ र आत्माले शान्ती पाउने छ ।
२. धर्म र पाप दुवै कर्म गर्ने ब्यक्तीले पुन चौरासी लाख योनी मा जन्म लिएर भोग्नुपर्ने छ ।
३ साह्रै पापी मानिसहरुको आत्मा भड्किने तड्पीने छ र दुष्ट आत्मा भएर पृथ्वीको वायुमण्डलमा पानी पनि पिउन नपाइ
भाैँतारिरहनेछ । आँफुले पनि दुःख झेल्छ र अरुलाइ पनि दुःखै दिन्छ । मुक्ती भने कहिल्यै मिल्ने छैन ।
मृत्यु पस्चात संगै लिएर जाने भनेको पाप र पुण्य मात्र हो । त्यसैले घमण्डलाइ आजैदेखी त्यागौ ।
अष्ठ चिरन्जिवी महापुरुषहरु हजाराैँ बर्ष देखी अहिले सम्म जिवितै हुनुहुन्छ । पृथ्वीमा इतिहासमै आठ महापुरुष बाहेक अरु कोही पनी बाचेको तथ्य छैन ।
आठ महापुरुष मध्य पहिलो पुरुष
१. भगवान श्री रामका परम भक्त बजरंगवली पवन कुमार महाविर हनुमान उनले सिता माताबाट अष्ट चिरन्जिवीको बरदान पाएका थिए ।
२. परसुराम बिष्णु भगवानको छैटौ अवतार
३. बलिराजा दान विर
४. बिभिषण
५. अश्वत्थामा
६. महर्षि ब्यास उनले चार बेद महाभारत, भागवत गिता १८ पुराण लगायतका इतिहास कोरेका थिए । उक्त पौराणिक धार्मीक ग्रन्थ बिश्व मानव जगतका लागी हितकार छ ।
७. कृपाचार्य
८.ऋषी मार्कण्ड्यलाइ यमदुत लिन आउदा नसकेपछि उनको आत्मालाइ लिनको लागी स्वयं यमराज नै आउदा कालको पनि काल महाकाल शिव भगवानको प्रभावकारी महामृत्युञ्जय मन्त्र (ॐ त्रयम्बकं यजामहे सुगन्धिं पुष्टिवर्धनम् उर्वारुकमिव बन्धनान् मृत्योर्मुक्षीय मामृतात्) जपेर शिवभक्त ऋषीले शिवलिङ्गलाइ समातेर नछोडेपछि यमराज नै हार खाएर फिर्ता जान प¥यो । ध्यान र जपको प्रभावले मार्कण्ड्य ऋषी मृत्युको मुखमा पुगेर पनि बाच्न सफल भएका थिए ।
यो कलियुगमा पनि जप ध्यान ब्यायमको उत्तीकै महत्व हुन्छ ।
सके दैनिक नसके हप्तामा एक दिन भोले बाबाको प्रिय दिन सोमबार स्नान गरे पस्चात तनको शुद्धता मनको शुद्धता बचनको शुद्धता भोजनको शुद्धतामा रहेर शिव मन्दीरमा पञ्चाक्षरी मन्त्र र महामृत्युञ्जय मन्त्र जप गर्नाले शत्रु, भय, दरिद्रता, दुर्घटना, महाबिपत्ती, अकाल मृत्युबाट बच्नुको साथै बाचुञ्जेल भौतिक शुख शान्ति प्राप्त हुनुको साथै मृत्यु पस्चात पनि आत्मालाइ शान्ति मिल्नुको साथै शिवलोक प्राप्त हुने र जन्म र मृत्युको चक्रबाट मुक्ती पाइने शिवपुराणमा उल्लेख छ ।
ॐ त्रयम्बकं यजामहे सुगन्धिं पुष्टिवर्धनम् उर्वारुकमिव बन्धनान् मृत्योर्मुक्षीय मामृतात्
ॐ नमः शिवाय
ॐ महाकालाय नमः
भारतको अयोध्यामा पुरुषोत्तम भगवान श्री राम मन्दिर निर्माण तथा भगवान श्री रामको प्राँण प्रतिष्ठा गरेकोमा स्वागत योग्य छ । तर धार्मिक सास्त्रबाट हेर्दा बिधी नपुगेको देखियो सिता माता र श्री राम कै परम भक्त महाबिर हनुमानजीको मुर्ती नै स्थापना नभएको रहेछ । सबै भन्दा प्रिय बस्तु नै नभएको स्थानमा श्री राम एक्लै बस्न सक्नुहुन्छ र ? नहुनु मामा भन्दा कानो मामा निको, मर्नु भन्दा बहुलाउनु बेश भने जस्तै भौतिक संरचनाहरु लोप हुदै गएको अवस्थामा निर्माण भएकै राम्रो । जुन ठाउँमा राम्रो कर्म ग¥यो त्यो ठाउँमा दैबिक शक्ती हुन्छ र अप्रिय घट्नाहरु कम हुन्छ । जुन ठाउँमा पाप कर्महरु बढी हुन्छ त्यो ठाउँमा नकारात्मक शक्तीहरु बढी हुन्छ दैबिक प्रकोप तथा अप्रिय घट्ना पनि त्यो ठाउँमा बढी मात्रामा हुन्छ ।
शास्त्र अनुसार देवताहरुमा पहिलो नाम कस्को उच्चारण हुन्छ
ॐ रिद्धी सिद्धी गणेशाय नमः
ब्रम्हा विष्णु महेश्वर
ॐ नमो भगवते बासुदेवाय नमः
ॐ सिता राम परम भक्त हनुमान
ॐ श्री लक्ष्मी नारायण
ॐ राधे वृmष्ण राधे कृष्ण
ॐ गौरी शंकराय नमः
पापले चरम सिमा कसरी नाघ्यो त ?
१. साक्षात जीउँदो भगवान आफ्नै बुबा आमाहरुलाइ बृद्धाश्रममा पुराएर घोर पाप र अपमान गरे ।
२. आफ्नै दिदी बहिनी साक्षात माता लक्ष्मीहरुलाइ बम्बैको कोठीमा लगेर बेचेर खाए ।
३. राष्ट्रिय जनावरको रुपमा मानिने गौ माता गाइमा तेत्तीसकोटी देवी देवताले बास गरेका हुन्छन् । साक्षात माता लक्ष्मीलाइ पनि काटेर खाए ।
४.हत्या हिंसा बलत्कार ठगी लुटपाट
५.झुट बोल्ने अरुको कुरा काट्ने
६. अरुको प्रगती देख्न नसक्ने
७. अरुलाइ दुःख र धोका दिएर आफु मात्र खुसी हुने ।
प्रकृतीको नकारात्मक प्रभावबाट कसरी बच्ने र बचाउने ?
यसको मुल मन्त्र हो बिधीको बिधान अनुसार सनातन धर्म र कला संस्कृतीलाइ बचाइ टिकाइ राख्ने
संस्कार संस्कृती भन्नालेः
आफ्नो कुल पितृहरुलाइ मान्ने
साक्षात जिउदो भगवानको रुपमा आफ्नो आमा बुबा तथा गुरुको सधै सम्मान गर्ने
गौमाता ब्राह्मण पशुपन्छि दिन दुःखीहरुलाइ भोजन तथा सेवा गर्ने
आफ्नो घरमा आएका पाहुनाहरुलाइ भगवानको दर्जामा श्रद्धा गर्ने
हरेक दिन खाना खाने सुत्ने उठ्ने पुजा पाठ गर्ने समय एउटै हुनुपर्छ
दैनिक ब्रम्हमुर्हत यानकी सुर्योदय हुनु भन्दा दुइ घण्टा अगाडी उठ्ने र सर्व प्रथम धर्तीमाता तथा आमा बुबाको चरण स्पर्स गर्ने र स्नान गर्ने सर्बप्रथम गणेशजी लगायत पञ्चायन देवी देवताको पुजा गर्नुको साथै ध्यान ब्यायाम दान गरे पछि मात्र भोजन गर्ने
बार र तिथी मिती आफ्नो स्वामी ग्रह, राशी अनुसार धेरै नसके पनि हप्तामा १ पटम भएपनि ब्रत उपासना तथा दान गर्ने
बिदेशी संस्कारको सामाग्रीहरु प्रयोग नगर्ने ।
आफ्नो घर वास्तु अनुसार सहि दिशामा बनाउने सहि दिशा भन्नाले पुर्व तथा उत्तर दिशामा घरको ढोका फर्किएको हुनुपर्छ । बास्तु आफैबाट सुरु हुन्छ, आफुले प्रायोग गर्ने लुगा फाटेको भए सिलाएर धोएर मात्र प्रयोग गर्ने ।
आफ्नो घर भित्र भएको टुटेफुटेका हर सामानहरु नराख्ने
आफ्नो घर वरिपरी सरसफाइ गर्नुको साथै हर सरसामानहरु मिलाएर यथास्थानमा राख्ने
साँझ बिहान पुजा गर्ने समयमा भोजन नगर्ने नसुत्ने
बेलुका कपाल नकाट्ने नकोर्ने श्रृंगार नगर्ने स्नान नगर्ने
बिहान दिउसो र साझमा श्रीमान श्रीमती बिचको सारिरिक सम्पर्क नगर्ने ब्रम्हाचार्यको पालनामा रहने
आस्तीक बनौ नास्तीक नबनौ
राजसी तामसी भोजन नगर्ने मिठो खानाले स्वास्थ्यलाइ फाईदा गर्दैन
खाना पकाएपछि सर्व प्रथम अन्नपुर्णा मातालाइ चडायपछि मात्र खाने
घर मध्यको महत्वपुर्ण स्थान मुल ढोका सधै सफा राख्ने र स्वस्तीक चिन्ह बनाउने दुइ वटा दाया बायाँ तामाको पानिले भरिएको कलस राख्ने, भित्र र बाहिर बाट दोहोरो कुरा तथा दान दक्षीना नदिने
ढोकामा बसेर खाना नखाने ढोकामा बसेर नटोलाउने
खाना खादा पुर्व तथा उत्तर फर्केर खाने दक्षिण दिशा पटि फर्केर नखाने
खाना आवश्यक भन्दा धेरै नबनाउने
बासी खाना नखाने र नराख्ने
सुत्ने खाटमा बसेर खाना नखाने
सुत्दा शिर पूर्व पारेर सुत्ने
हरेक शुभ कार्य गर्दा पूर्व फर्केर गर्ने
आफु सुत्ने बिस्तारामा अरुलाइ नसुताउने
घरबाट निस्किदा तिन जना एकैचोटी ननिस्कने
अरुलाइ पनि आफ्नो घरको परिवार जस्तै सम्झने
अरुको दुःख सुखमा साथ दिने र उन्नती प्रगतिमा रमाउने
सबैसंग माया प्रेम र श्रद्धा राख्ने आफ्नो कारणले अरुलाइ दुःखी नबनाउने
सकिन्छ सबैको राम्रो गर्ने नसके कसैको पनि नराम्रो नगर्ने
बिहान बेलुका चिया खाने बहानामा पसल तथा चोक लगायत सामाजिक सञ्जालमा अरुको कुरा काट्नु भन्दा त्यो
अनावश्यक समयलाइ बचत गरेर भगवानको किर्तन गर्ने बानी बसालौ । त्यो पनी नगर्ने भए कुनै राम्रो काममा ब्यस्त रहौँ । बिहान उठेर आफ्नै अनुहार ऐनामा हेर्नु त अशुभ हुन्छ भने अरुको चासो अनावश्यक किन लिने । नकारात्मक उर्जा भएका ब्यक्तीहरुलाइ भेट्नु भनेको स्वयं आफ्नै आयु घटाउनु हो ।
मानिष सफल ब्यक्ती बन्नको लागी काम क्रोध, लोभ लालच, वास्ना लगायतलाइ त्याग्न सक्नु पर्छ र सर्व प्रथम आँफुले आँफुलाइ नै चिन्न र बुझ्न सक्नु पर्छ ।
तपाइ राम्रो कर्म गर्नुस भगवानसंग माग्न पर्दैन । प्रकृतीको प्रणालीले आफै दिन्छ । यदि गलत कर्म गर्नुभयो भने तपाइ
संग सावा ब्याज समेत असुल उपर गर्छ ।
कायेन वाचा मनसेन्द्रियैर्वा ।
बुद्ध्यात्मना वा प्रकृतिस्वभावात् ।
मानिसहरुले शैक्षिक योग्यतामा जतीसुकै उच्च शिक्षा हासिल गरेर विश्वको जतिनै ठूलो ब्यक्ती किन नबनुन् प्रकृतीको प्रणाली अनुसार धनी गरिब सानो ठूलो जात भात, लिङ्ग बर्ग सबैलाइ एउटै ब्यवहार लागु हुन्छ तर आफुले गरेको राम्रा नराम्रा कर्मको फल भने स्वयं आफैले ब्यहोर्नु पर्नेछ । कोहि कसैले अप्राकृतिक ढंगले अहिलेको प्रविधी तथा विज्ञानको प्रयोग गरेर प्रकृतीको प्रणालीलाइ नै आफ्नो हातमा लिएर चन्द्र ग्रहमा पुगेर लात हान्छ, प्रतक्ष भगवान सुर्य ग्रह पटि फर्केर थुक्छ, कुनै पनी धर्म र जात भात र जन्मदिने आमाबुबा गुरु ब्राम्हण गौमाता साधुसन्तहरुको अपमान गर्छ ज्ञान विबेक छैन भने कलियुग महावेद पुराण सास्त्रले भने यस्ता कर्मलाइ महा घोर पापको दर्जामा राखेको छ । (नोटः ब्राम्हणको अर्थ सतकर्ममा रहेको हर मनुष्य)
धन सम्पत्ती धेरै कमायर भौतिक सुख भोग चलन गर्दैमा त्यसलाइ प्रगति मानिदैन जो कसैले समाजमा बिना स्वार्थ योगदान दिएर पुण्य कमाउछ मठ मन्दिर पाटी पौवा बनाउछ दिन दुःखी पशुपन्छी चौपायाको सेवा गर्छ अरुको दुख देख्न सक्दैन
सबैसंग माया प्रेम श्रद्धा गर्छ अरुलाइ धोका पिडा दिएर आफु रमाउन जान्दैन, हो यस्ता महान ब्यक्तीहरुले गरेको कर्मलाइ मात्र शास्त्रले मान्यता दिन्छ प्रगती मान्छ ।
जस्तोसुकै घोर पाप गरेको भए पनि ब्रम्हा बिष्णु महेश्वर तथा सिता राम, लक्ष्मी नारायण, राधा कृष्ण, गौरी शंकर मध्य कुनै पनि भगवानको शरणमा पुगेर क्षमा मागेर सत मार्गमा हिडे देखी पापबाट छुटकारा मिल्नुको साथै यहि लोक र परलोकमा पनि सुख शान्ती मिल्ने छ ।
जो जससंग सम्बन्ध छ,
आदर्णिय सम्पूर्णमा क्षमा चाहान्छु । मेरो मनको मुरा सेयर गर्न चाहे ।
मलाइ फोन, म्यासेज गर्दा रिप्लाइ दिन सकिन, भेट्न आउनु हुने आदर्णिय मान्यजन तथा भाइ साथीहरु इष्ट मित्र सुभेच्छुक प्रियजनहरुलाइ समय दिन सकिन, सुटिङ, विविध प्रोग्राम, रेडियो टेलिभिजनमा इन्टरभ्यु, आफ्नै घर परिवारलाइ आफुले आफैलाइ पनि समय दिन सकिन । म मिडिया फिल्डमा काम गर्ने व्यक्ती भएर पनि यति दुर्लभ रहेछु पछि महसुस गरे । मैले अहंकार गरेको होइन । कोही कसैले उहाँहरुको समयमा मलाइ भेट्न र देख्न सक्नु भयो भने सारै भाग्यमानी मानिस सम्झनेछु । यस्तो ब्यक्तीलाइ अन्तर आत्मा देखी मान्नेछु र स्वयं आफुलाइ पनि भाग्यमानी ठान्नेछु । कतिपय ब्यक्तीहरुले मसंग भेट्नलाइ धेरै कोशिस गर्दा पनि भेट नभएको १० बर्ष बढी भइसकेछ । भेट हुन नसकेपछि रिसाउनु भएछ । मैले जानाजान कसैको मन दुखाउन खोजेको होइन । म व्यक्तीगत स्वार्थको लागी भन्दा पनि सामाजिक कार्य मै ब्यस्त रहेको हो । पौराणिक, धार्मिक सास्त्र अध्ययन तथा अनुसन्धान लेखन एवं अन्य कार्यमा ब्यस्त भएकोमा सम्पूर्ण मान्यजन प्रियजन प्रति अन्तर आत्मादेखी क्षमा चाहान्छु । अब आउने समयमा मेरो अध्ययन तथा अनुसन्धान विज्ञान तथा वैज्ञानिक सम्बन्धी हुने छ । साथै चलचित्र तथा गीत संगीत लेखन एवम् धिताल फिल्मस् प्रा.लि.द्वारा अयोजित बिबिध कार्यक्रमहरुको तयारीमा ब्यस्त हुने छु ।
नोटः हजुरहरुले प्रस्न गर्नुहोला यत्रो भविश्यवाणी कसरी गर्नुभयो तपाइ त निर्देशक तथा कलाकार होइनर भनेर मैले हजुरहरुसंग घमण्ड गरेको होइन, समय अनुसार जस्तो जे पनि हु । । मैले २ दशक लामो पौराणिक धार्मिक ग्रन्थको सम्पूर्ण अध्ययन तथा अनुसन्धान गर्नुको साथै मेरो कर्म पनि त्यहि अनुसारको छ । मलाई दैविक शक्ती र इश्वरिय कृपाले गर्दा पछि हुने राम्रा नराम्रा घटनाको अग्रिम जानकारी हुन्छ । अझै मेमोरी पावर बढाउनको लागी सकारात्मक सोच मात्र लिन्छु । नकारात्मकतालाइ डिलिट गर्छु ।
बिना बर्दिको सिपाही हु यो देशको जिम्मेवार नागरिक मैले समाजमा आतंकित त्रसित बनाएर नकारात्मक सन्देश दिनलाइ होइन यसमा मेरो कुनै प्रकारको स्वार्थ छैन । यो मेरो पेशा पनि होइन । देश र जनताको हकहितको लागी सकारात्मक सन्देश दिएर समाज परिवर्तनको अभियान सुरु गरेको मात्र हो । यस कलियुग भविश्यवाणीले समाजमा कुनै प्रकारको नकारात्मक सन्देश नजाओस् । सम्बन्धित निकाएको पनि ध्यानाकर्षण रहोस् । भगवान जुनसुकै मान्नुस् परन्तु कुनै पनि धर्म र जातभातलाइ अपमान गर्ने अधिकार कसैलाइ पनि छैन ।
कलियुग भविश्यबाणी महा वेद पुराण शास्त्रमा कुनै पनि धर्म र जात भात धनी गरिबलाइ छुट्टाइएको छैन । यसमा जोतिष सास्त्र तथा बास्तु सास्त्र, सनातन धर्म र कला संस्कृती एवम् मानव चोलाको समग्र इतिहासलाइ समावेश गरिएको छ ।
इतिहासमा नै अहिले सम्म कै पहिलो र यस ज्ञान तथा शिक्षा सन्देश मुलक कलियुग भबिश्यबाणी वेद महापुराण को महिमा युगौ युग सम्म अमर रहिरहनेछ ।
अध्ययन, अनुसन्धान, लेखन तथा सम्पादन
होम धिताल

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्