आठौँ अर्किड कप २०८० सम्पन्न, माउण्ट सेव स्कुल बन्यो अर्किड कपको विजेता

काठमाडाैं –  यहि फागुन ४ गतेदेखि सुरु भएको आठौँ अर्किड कप २०८० सम्पन्न भएको छ । शनिबार भएको फाइनल खेलमा गेटवे एकेडेमीलाई पराजित गर्दै माउण्ट सेव स्कुल अर्किड कपको विजेता बनेको छ । यसैगरी द्धितीय गेटवे एकेडेमी भएको छ भने तृतीय गोल्डेन बड स्कुल भएको छ । यस्तै प्रतियोगिताको चौथौ स्थान हासिल गर्न सफल ब्रह्मकुञ्ज स्कुल रहेको छ ।

ओखलढुंगा जिल्लाबाट निर्वाचित प्रतिनिधि सभा सदस्य तथा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति समेत रहेका रामहरि खतिवडाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा उत्कृष्ट चार टिम विद्यालयलाई पुरस्कार तथा ट्रफि, मेडल तथा प्रमाणपत्र हस्तान्तर गरिएको छ ।

प्रतियोगितामा उत्कृष्ट चार टिम प्रथम, द्धितीय, तृतीय र चतुर्थ हुने टिम विद्यालयले क्रमश नगद रु ३० हजार, २० हजार, १५ हजार र १० हजार प्राप्त गरेका छन् भने आकर्षक ट्रफिहरु समेत प्राप्त गरेका छन् । यसैगरी विभिन्न विधामा विद्यार्थीहरुलाई अवार्ड समेत प्रदान गरिएको छ । जसमा बेष्ट गोलकिपर अफ द सिजनको अवार्ड माउण्ट सेव स्कुलका जगदिश खड्काले प्राप्त गरेका छन् भने हाएष्ट स्कोरर अफ द सिजनको अवार्ड सञ्जय शाही स्कुलका खेलाडीले प्राप्त गरेका छन् । बेष्ट प्लेयर अवार्ड अफ द सिजन तथा प्लेयर अफ द टुर्नामेन्ट अवार्ड माउण्ट सेव स्कुलका खेलाडी आशिष गौतमले प्राप्त गरेका छन् । बेष्ट डिफेन्सर अफ द सिजनको अवार्ड भने गेटवेका रजत बस्नेतले प्राप्त गरेका छन् । यसैगरी इमरर्जिङ प्लेयर अफ द सिजको अवार्ड गेटवेका कृजल श्रेष्ठले पाएका छन् ।

यस्तै फेयर प्ले अवार्ड त्रिज्योती स्कुलले प्राप्त गरेको आयोजक विद्यालयका प्रिन्सिपल चोलेन्द्र बहादुर (सिबी) कार्कीले बताउनुभयो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि खतिवडाले देशलाई चिनाउने खेल भएकाले अर्किड स्कुलले खेलकुद क्षेत्रमा गरेको गतिविधिको प्रशंसा गर्नुभयो । साथै उहाँले चर्चित विदेशी फुटवलर खेलाडी मेस्सी लगायतको नाम लिदैँ अब यस्ता खेलाडी नेपालमै उत्पादन हुन र जसको प्रतिनिधित्व अर्किड स्कुलले पनि पक्कै गर्नेमा लागिपर्नेछ भन्दै शुभकामना व्यक्त गर्नुभयो ।

 

शनिवार समापन समारोहको सभापतित्व विद्यालयका संस्थापक निर्देशक प्रेमकुमार भुजेलले गर्नुभएको थियो भने विशेष अतिथिको रुपमा नेशनल प्याब्सन  केन्द्रीय उपाध्यक्ष शम्भु अधिकारी, नेशनल प्याब्सन केन्द्रीय सचिव सचिव विष्णु पराजुली, नेशनल प्याब्सन जिल्ला अध्यक्ष अमृत कुमार खड्का, नेशनल प्याब्सन काठमाडौँ जिल्ला उपाध्यक्ष टंक थापा, नेशनल प्याब्सन काठमाडौं महानगर समिति सचिव तथा फिजम सचिव सुनिल खत्री लगायत विभिन्न विद्यालयका संस्थापक, प्रिन्सिपल लगायत शिक्षक शिक्षिका, खेल प्रशिक्षक लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम सञ्चालन तथा उद्घोषकको भूमिका विद्यालयका संयोजक नरेन्द्र प्रसाद पाण्डेयले गर्नुभएको थियो ।

काठमाडाैँकाे कागेश्वरी मनोहरा नगरपालिका वडा नं ९ को गोठाटार हाइटमा रहेको अर्किड प्युपल सेकेण्डरी स्कुलले प्रतियोगिताको आयोजना गरेको हो । कक्षा नर्सरीदेखि कक्षा १० सम्म पढाइ हुने विद्यालयले विद्यालयभित्रका आन्तरिक प्रतियोगितासँगै अन्तर विद्यालयका कार्यक्रम समेत गर्दै आइरहेको छ । विद्यार्थीहरुले पढाइसँगै अतिरिक्त क्रियाकलापमा पनि जागरुक गराउन कार्यक्रमको आयोजना गरिएको विद्यालयका संस्थापक प्रेमकुमार भुजेलले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्