‘हात्तीछाप’को प्रचारमा किन सक्रिय छन् सौगात ?

काठमाडौं, १५ पुस । चलचित्रको कलाकार आफ्नो फिल्मको प्रचारमा सक्रिय हुनु अनौठो कुरा हैन । तर, सौगात मल्ल लागिपर्नु चाहिँ निर्माताका लागि आश्चर्यकै कुरा हो । किनकि सौगात फिल्मको प्रचारमै विरलै लाग्छन् ।

 

तर, यसपालि सौगात ‘हात्तीछाप’ प्रचारका लागि जिल्ला दौडाहामा छन् । शनिबार नेपालगञ्ज महोत्सवमा फिल्मको प्रचारका लागि निर्माता किरण नेपाली र कमलमणि नेपालसँग रहेका उनले आइतबार लम्कीमा रहेको महोत्सवमा फिल्मको प्रचार गरेका थिए ।

 

सौगात यसरी प्रचार सक्रिय हुने कारण चाहिँ यो फिल्मका कलाकार भएर मात्र होइन । विश्वस्त स्रोतका अनुसार सौगात यो फिल्मको कमाइका हिस्सेदार पनि हुन् । उनले न्यूनतम् पारिश्रमिक लिएर यो फिल्मको मुनाफामा साझेदारी रहने गरी काम गरेका हुन् । सौगातको प्रचारको दौडधुपलाई अहिले यही आयामसँग जोडेर हेरिएको हो ।

माघ २६ मा प्रदर्शनमा आउन लागेको चलचित्रमा सौगातबाहेक दयाहाङ राई, उपासना सिंह ठकुरी, बेनिशा हमाल, पुस्कर गुरुङ, विजय बराल, बुद्धि तामाङ आदि कलाकारको अभिनय रहेको छ । फिल्मलाई सिमोस सुनुवारले निर्देशन गरेका हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्