बालकुमारी घटना : उच्चस्तरीय जाँचबुझ आयोग गठनको प्रस्तावलाई गृहलाई प्रधानमन्त्रीको निर्देशन

File Photo

काठमाडौं, १५ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुईजनाको ज्यान जाने गरी भएको बालकुमारी घटनाको छानबिनका लागि उच्चस्तरीय जाँचबुझ आयोग गठन गर्ने सम्बन्धी प्रस्ताव ल्याउन गृह मन्त्रालयलाई निर्देशन दिएका छन् ।

गत शुक्रबार ललितपुरको बालकुमारीमा ईपीएस शाखाबाट कोरिया भाषा परीक्षामा बञ्चित गरिने निर्णयविरुद्ध आन्दोलन गर्दा दुई युवकको मृत्यु भएको थियो । घटनाको छानबिन गर्न गृह मन्त्रालयले समिति गठन गरिसकेको छ ।

आइतबार कांग्रेसले उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने निर्णय गरेलगत्तै प्रधानमन्त्री प्रचण्डले उच्चस्तरीय जाँचबुझ आयोग गठन गर्ने सम्बन्धी प्रस्ताव ल्याउन गृह मन्त्रालयलाई निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले बालकुमारीमा भएको घटनाका बारेमा जाँचबुझ गर्न जाँचबुझ आयोग ऐन २०२६ को दफा ३ को उपदफा (२) बमोजिम पूर्व न्यायाधीशको अध्यक्षतामा उच्चस्तरीय जाँचबुझ आयोग गठन गर्ने सम्बन्धी प्रस्ताव ल्याउन गृह मन्त्रालयलाई निर्देशन दिएका प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।

उनका अनुसार सोमबार बस्ने मन्त्रिपरिषद्को बैठकले आयोग गठनको औपचारिक निर्णय गर्नेछ र सो आयोगले सोमबारदेखि नै कार्य प्रारम्भ गर्नेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्