सलमान खानले पक्राउ गराएको बलिउड समिक्षक केआरकेको आरोप

मुम्बई, १० पुस ।  चलचित्र समीक्षक तथा अभिनेता कमल रसिद खानलाई मुम्बई प्रहरीले एयरपोर्टबाट पक्राउ गरेको छ ।

 

यो जानकारी केआरके आफैले एक्स मार्फत दिएका छन् । केआरकेका अनुसार उनी नयाँ वर्ष मनाउन दुबई जाँदै थिए र त्यही क्रममा प्रहरीले उनलाई पक्राउ गरेको हो । अभिनेताले आफ्नो गिरफ्तारीको लागि सलमान खानलाई दोष दिएकाे भारतीय सञ्चारमाध्यमले लेखेका छन् ।

 

केएआरकेले आफ्नो एक्स अकाउन्टमा पोस्ट गर्दै लेखेका छन, ‘म पछिल्लो एक वर्षदेखि मुम्बईमा छु। र म मेरो सबै अदालत मितिहरूको लागि नियमित रूपमा अदालत जाँदैछु। आज म नयाँ वर्षको लागि दुबई जाँदै थिए। तर मुम्बई पुलिसले मलाई एयरपोर्टमा पक्राउ गर्यो। प्रहरीका अनुसार २०१६ को एउटा मुद्दामा म वान्टेड छु। सलमान खानले आफ्नो फिल्म टाइगर– ३ मेरो कारणले फ्लप भएको बताएका छन् ।’

 

केआरकेले आफ्नो पोस्टमा देशका प्रधानमन्त्री नरेन्द्र मोदी र विभिन्न मिडिया संगठनहरूलाई पनि ट्याग गरेका छन्। अभिनेताले पोस्टमा थप लेखेका छन्, ‘‘यदि कुनै हालतमा मेरो प्रहरी चौकी वा जेलमा मृत्यु भयो भने सबैले थाहा पाउनुपर्छ कि त्यो हत्या हो । र तपाई सबैलाई थाहा छ जिम्मेवार को हो ।’

 

केआरकेले सन् २००८ मा फिल्म ‘देशद्रोही’ बाट बलिउडमा डेब्यु गरेका थिए । तर, त्यसपछि उनी कुनै पनि फिल्ममा नायकको रुपमा देखिएनन् उनी रियालिटी शो बिग बोसको पनि हिस्सा भइसकेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्