हेलम्बुका मुख्य मुख्य सडक पीच गर्ने कार्यक्रम अघि बढ्यो, चनौटे-घोप्टेघ्याङ सडकका लागि बजेट स्वीकृत

काठमाडौँ – सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले सबै वडका मुख्य सडक पिच गर्ने भएको छ । पालिका भित्रका ७ वटै वडाका मुख्य सडक पिच गर्ने गाउँपालिकाले नीति अघि सारेको हो ।

पालिकाले बजेटको स्रोत सुनिश्चितताका लागि माथिल्ला निकायसँग पहल गरिरहेको गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिए । उनका अनुसार ५ वर्षभित्र हेलम्बुका सबै ग्रमिण सडकहरु स्तरोन्नती गरि मुख्य सडक पिच गरिने र पालिकाले सडकहरुको डिपिआर बनाएर योजना अघि बढाएको छ ।

गाउँपालिका अध्यक्ष शेर्पाको माग अनुसार नै चनौटे थापाटारदेखि घोप्टेघ्याङसम्म ग्रावेल र पिचका लागि २७ करोड ९८ लाख १३ हजार बजेट स्वीकृत भएको छ । चनौटे, थापाटार, इचोक, कुटुम्साङ सडकको घोप्टेघ्याङ गोसाइँकुण्ड मार्गसम्मको सडक पिच गर्ने हेलम्बु गाउँपालिकाको डिपिआरका आधारमा बजेट स्वीकृत भएको हो ।  प्रदेश नीति तथा योजना आयोगबाट बहुवर्षिय आयोजना अन्तर्गत यो सडक योजना स्वीकृत भएर बजेट विनियोजन भएको गाउँपालिका अध्यक्ष शेर्पाको भनाइ छ । यो सडक पीच भएपछि हेलम्बुको यर्यटनमा नयाँ आयाम थपिने छ । घोप्टेघ्याङबाट सुरु भएको हेलम्बु ग्रेटट्रेल अवलोकनको लागि अहिले पनि आन्तरिक एवं बाह्य पर्यटकहरु पुग्रने गरेकोमा सडक पीच भएपछि चनौटेबाट करिब आधा घण्टाको यात्रामा नै घोप्टेघ्याङ पुग्न सकिने छ ।

अध्यक्ष शेर्पाका अनुसार गाउँपालिकाका मुख्य मुख्य सडकहरुलाई पीच गर्ने कार्यक्रम अघि बढिसकेको छ ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्