सलमान खानका भाइ अरबाज खानले गरे बिबाह

मुम्बइ, ९ पुस । बलिउड अभिनेता अरबाज खानको भव्य विवाह उनकी बहिनी अर्पिता खानको घरमा भएको छ ।

 

कलाकार अरबाज खानले मेकअप आर्टिस्ट शौरासँग दोस्रो विवाह गरेका हुन ।  यो भव्य विवाहमा सहभागी हुन सलमान खानको परिवारसहित धेरै स्टार अर्पिताको घर पुगेका थिए ।

 

अरबाज र शौराको विवाहको लागि सलमान खानकी बहिनी अर्पिता खानको घरलाई सुन्दर ढंगले सजाइएको थियो ।  अरबाज र शौरा बाहेक अहिले पूरै खान परिवार विवाहलाई विशेष र यादगार बनाउनको लागि अर्पिताको घरमा उपस्थित भएका हुन ।  समाचारका अनुसार यस स्टार जोडीको विवाहमा गायिका हर्षदीप कौर पनि उपस्थित भएर भव्य प्रस्तुति दिएका छन ।

 

यसका लागि सलमान खान, सलिम खान र उनका दुई श्रीमती, नायिका रविना टण्डन, राशि थडानी र सोहेल खान पनि अरबाजको विवाहमा सहभागी हुन पुगेका थिए । यसबाहेक सलमान खानकी प्रेमिका युलिया पनि अर्पिताको घर पुगेकी छिन, जसले कालो लेहेंगा लगाएकी थिइन । अरबाजकी बहिनी अलविरा पनि पति अतुलसँग विवाहमा सहभागी हुन पुगेकी थिइन ।

 

सो विवाहपछि अभिनेत्री रविना टण्डनले आफ्नो इन्स्टाग्राममा एउटा भिडियो शेयर गरेकी छिन् । जसमा उनी अरबाज खानसँग नाच्दै देखिएकी छिन् ।

अरबाजले ५६ वर्षको उमेरमा मेकअप आर्टिस्ट शौरा खानसँग विवाह गरेका हुन । जहाँ दुलही शौरा हिजाब लगाएर पुगेकी थिइन् । शौरा खानले हल्का गुलाबी रंगको भारी गाउन लगाएकी छिन् । जसमा जरीको काम भएको छ । शौराले गाउनसँगै हिजाब पनि लगाएकी छिन् । हालै सार्बजनिक भिडियोमा उनी कारबाट ओर्लिएर अर्पिता खानको घर भित्र पसेको देखिन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्