नेशनल प्याबसन काठमाडौद्वारा भुकम्प प्रभावित क्षेत्रका बालबालिकाका लागि न्यानो कपडा बितरण

काठमाडौ – नेशनल प्याबसन काठमाडौ जिल्ला समितिले भुकम्प प्रभावित जाजरकाेट क्षेत्रका पीडित बालबालिकाहरुलाई लक्षित गरि न्यानो कपडा बितरण गरेको छ ।

आइतबार नेशनल प्याबसन काठमाडौ जिल्ला समितिको कार्यालयमा अध्यक्ष अमृतकुमार खड्का, उपाध्यक्ष प्रेम कुमार भुजेलले करिब एक हजार थान कपडा जाजरकोट जिल्लाका प्रदेश सभा सदस्य तथा पूर्व मन्त्री गणेश सिंहलाई हस्तारण्तरण गर्नुभएको हो ।

बढ्दो जाडोलाई मध्यनजर गर्दै केहि सानो भएपनि पीडित बालबालिकालाई राहत होस भन्ने हेतुले समितिले यस्तो निर्णय लिएको अध्यक्ष खड्काले बताउनुभयो ।

यस्तै यो समयमा अन्य सामाग्री दिनुभन्दा पनि कपडा नै आवश्यक रहेकोले पूर्ण रुपमा पीडित भएका एक हजार बालबालिकाले कपडा पाउने भएकाले मौसम अनुसार कपडा नै उपयुक्त ठानी कपडा हस्तान्तरण गरेको उपाध्यक्ष भुजेलले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्