धनगढीमा जारी सुदूरपश्चिम महोत्सवमा शनिवार गायक भूवनप्रकाश बडूले दर्शकहरुलाई मनोरञ्जन दिए

कैलाली – धनगढीमा जारी सुदूरपश्चिम महोत्सवमा शनिवार विभिन्न कलाकारहरुको प्रस्तुती रहेको थियो । जसमा देउडा गायक, म्यूजिक एरेन्जर भूवनप्रकाश बडूले महोत्वसमा उपस्थित दर्शकहरुलाई मनोरञ्जन दिलाएका छन् । भूवन बडूले सांगितिक प्रस्तुती दिदा दर्शकहरुले नाचेर साथ दिदा माहोल छै छुट्टै बनेको थियो । कैलालीमा पाएको मायाले आफुलाई झन उत्प्रेरणा जागेको गायक बडूले बताए ।
यसैगरी गायक भूवनप्रकाश वडूसँगै नायक तथा मोडेल पल साह, गायिका अनु चौधरी तथा वाल गायक सुप्रिम मल्ल ठकुरीको प्रस्तुती रहेको थियो ।

कैलाली उद्योग वाणिज्य संघ कैलालीको आयोजनामा आयोजित सुदूरपश्चिम महोत्वस मंसिर २२ गतेदेखि जारी रहेको छ । सुदूरपश्चिम प्रदेशको समृद्धि र विकासलाई आधार मानि आयोजना गरिएको महोत्सवमा लाखौँ दर्शकहरुले सहभागिता जनाइसकेका छन् । महोत्सव स्थलमा ४ सय भन्दा बढी स्टलहरू रहेका छन् भने महोत्सव अवधिभर करिब ६ लाख ५० व्यक्तिले अवलोकन गर्ने १० करोड बढीको कारोबार गर्ने अनुमान गरिएको छ ।

सुदूरपश्चिमको आर्थिक विकासको लागि सम्भावनाको खोजी गर्दै पर्यटन विकास, सांस्कृतिक कला, खानपान, भाषाको संरक्षण गर्दै व्यवसायीक सफलता गर्न महोत्सवले टेवा पुग्ने विश्वास गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्