इजरायलको आक्रमणमा परी तुल्कारेममा मृत्यु हुनेको संख्या ५ पुग्यो

गाजा, १ पुस । तुल्कारेममा इजरायली आक्रमणमा परी मृत्यु हुनेको संख्या पाँच पुगेको छ ।

 

प्यालेस्टिनी रेड क्रिसेन्ट र स्वास्थ्य मन्त्रालयले ओगटेको वेस्ट बैंकको तुल्कारेममा रहेको नुर शाम्स शरणार्थी शिविरमा भएको इजरायली आक्रमणबाट मृत्यु हुनेको संख्या पाँच पुगेको जनाएको छ।

 

यसअघि इजरायली सेनाले प्यालेस्टिनी लडाकुहरूलाई लक्षित गरी विमानबाट आक्रमण गरेको बताएको थियो। हवाई आक्रमणपछि ट्याङ्क र बुलडोजरसहित ठूलो मात्रामा आक्रमण भएको बताइएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्